२०७९ असार १३ सोमबार

राजा ग्यानेन्द्रको २०७९ नयाँ बर्षको शुभकामना सहित भावुक सम्बोधन जनताको लागि…

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र वीरबिक्रम शाहले व्यवस्था फेरिए पनि अवस्था फेरिन नसकेको गु,ना,सो गरेका छन् ।

भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्ने उनको भनाइ छ । नयाँ वर्ष २०७९ सालको अवसरमा एक विज्ञप्ति जारी गर्दै शाहले वर्ष बदलिँदा हर्ष पनि बढ्नुपर्ने धारणा राखेका छन् ।

‘वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नुपर्दछ, भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्दछ’,

उनले भनेका छन्, ‘तर चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न सकेको छैन ।’

उनले नयाँ वर्षको प्रारम्भमा देशवासी र बाध्यतावश विदेशी भूमिमा रहेर बसेका सबै नेपालीमा सुख, शान्ति तथा समुन्नतिको कामना गर्दै शुभकामना दिएका छन् ।

२०७८ चैत्र ३०, बुधबार प्रकाशित 1 Minute 539 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?