२०७९ असार १२ आईतवार

उपत्यकाबासी मारमा, आजै देखी लागु भयो नयाँ नियम

काठमाण्डौ, बैशाख १ –काठमाडौं उपत्यका सहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश सरकारले समायोजन गरेको नयाँ भाडादर आजदेखि लागू भएको हो ।

श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्राल यले आजदेखि लागू हुने गरी गत चैत २४ गते नै भाडा वृद्धि गरेको थियो । समा योजन भएको उक्त भाडादर आजदेखि लागू गरिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

समायोजनपछि सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ । नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको

३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ ।यस्तै, ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट १.२० रुपैया तोकिएको छ ।

बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ ।पछिल्लो पट क भाडा समायोजन हुँदाको मूल्यभन्दा पाँच प्रतिशतले प्रेटोलि य पदार्थको मूल्यमा घटबढ भए सवारी साधनको भाडा समा योजन गर्ने गरिन्छ ।

२०७९ बैशाख २, शुक्रबार प्रकाशित 0 Minutes 586 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?