२०७९ जेष्ठ ४ बुधबार

प्रचण्डको निर्वाचन क्षेत्र भरतपुरमा राप्रपाको शक्ति प्रदर्शन (भिडिओ)

चितवन,बैशाख २- राष्ट्रिय प्रजातन्त्र पार्टीले आज (शुक्रबार) भरतपुरमा शक्ति प्रदर्शन गरि रहेको छ । राप्रपा चितवनले आयोजना गरेको विशाल आमसभामा हजारौं जनता सहभागि भएको राप्रपा चितवनको दावी छ ।

केन्द्रीय बस ट्रमिनलमा जारी आमसभामा सहभागि हुन झाँकी, पञ्चैबाजा, मौलिक भेषभुषा सहित सर्वसाधरण सहभागी भएको राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले जानकारी दिनुभयो ।

राप्रपाको जनसभास्थल बसपार्क माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा पर्छ ।

आमसभालाई सम्बोधन गर्न राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्षहरु विक्रम पाण्डे, हेमजंग लामा, महामन्त्री डा.

धवलशमशेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य तथा नायिका रेखा थापा कार्यक्रमस्थल पुगिसक्नुभएको छ ।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***

यो पनि ,,राजा ग्यानेन्द्रको २०७९ नयाँ बर्षको शुभकामना सहित भावुक सम्बोधन जनताको लागि…पूर्वराजा ज्ञानेन्द्र वीरबिक्रम शाहले व्यवस्था फेरिए पनि अवस्था फेरिन नसकेको गु,ना,सो गरेका छन् ।

भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्ने उनको भनाइ छ । नयाँ वर्ष २०७९ सालको अवसरमा एक विज्ञप्ति जारी गर्दै शाहले वर्ष बदलिँदा हर्ष पनि बढ्नुपर्ने धारणा राखेका छन् ।

‘वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नुपर्दछ, भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्दछ’,

उनले भनेका छन्, ‘तर चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न सकेको छैन ।’

उनले नयाँ वर्षको प्रारम्भमा देशवासी र बाध्यतावश विदेशी भूमिमा रहेर बसेका सबै नेपालीमा सुख, शान्ति तथा समुन्नतिको कामना गर्दै शुभकामना दिएका छन् ।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***

२०७९ बैशाख २, शुक्रबार प्रकाशित 1 Minute 3278 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार