
काठमाडौं – गायिका मेलिना राईले आफ्नो प्रेमी सार्वजनिक गरेकी छन्। शुक्रबार उनले फेसबुक मार्फत ‘हुनेवाला पति’ भन्दै प्रेमीसँगको तस्बिर सार्वजनिक गरेकी हुन्। उनले ‘नयाँ सुरुवात’
भन्दै प्रेमी सञ्जीव बराइलीसँगको तस्बिर सार्वजनिक गरेकी छन्।सञ्जीवलाई ट्याग गरिएको सो पोस्टमा मेलिनाले ‘टु बी हजबेन्ड’ भन्दै ह्यासट्याग पनि राखेकी छन्।
सञ्जिब नेपालका सर्वाधिक चर्चित र व्यस्त गिटारिस्ट तथा कम्पोजर हुन्। बिर्तामोड घर भएका सञ्जिब लामो समयदेखि काठमाडौंमा बस्दै आएका हुन्।सञ्जीव नेपालका चर्चित गिटा रिस्ट हुन्।
म्युजिक अरेन्जरसमेत रहेका सञ्जीवसँग मेलिनाले यसैवर्ष विवाह गर्ने योजना बनाएकी छन्। ‘कम्मरमाथि पटुकी’ को लोकप्रियतासँगै मेलिना राईले आधुनिक गीतभन्दा चलचित्रको
पाश्र्व गायनका लागि बढि समय छुट्याउनुपर्ने भयो ।कम्मर माथि पटुकी… अघि नै मेलिनाले पुन्टे परेड, नाइके, तमसज स्ता चलचित्रमा गीत गाइसकेकी थिइन् तर उक्त गीतको
लोकप्रियतापछि मेलिना त्यसपछि निर्माण भएका अधिकांश चलचित्रमा सुनिन थालिन् । त्यही क्रममा वसन्त सापकोटाले नै उनलाई अर्को एउटा लोकप्रिय गीत गाउने मौका दिए ।
उनले एक दर्जनभन्दा बढी देशको भ्रमणसमेत गरिसकेकी छिन् । डेढ वर्षअघि पहिलो पटक युरोप टुरमा गएकी मेलिनाले त्यति बेला बेल्जियम,
स्विट्जरल्यान्ड, नेदरल्यान्ड तथा जर्मनीमा आफ्ना गीतहरू प्रस्तुत गरेकी थिइन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।