
काठमाडौं – भरतपुरमा रेणु दाहाललाई मेयर नदिए गठबन्धन तोड्न सक्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पक,मल दाहाल (प्रचण्ड)ले चेतावनी दिएका छन् ।
भरतपुरमा मेयरको टिकट माओवादी केन्द्रलाई नदिए गठबन्धन तोड्न सक्ने प्रचण्डको भनाईला ई उदृत गर्दै माओवादीका एक नेताले भने ।
उनले कांग्रेसले नछोडे एमालेसँग मिलेर भएपनि भरतपु,,रमा मेयर उठेरै छाड्ने बताए । चितवन कांग्रेसको आइतबार बसेको जिल्ला कार्य समि तिको बैठकले भरतपुरमा मेयर नपाए एकल रूपमै चुनावमा जाने घोषणा गरिसकेको छ ।
सोही कुरालाई लिएर प्रचण्ड यति बेला गठब न्धन तोड्न पनि पछि नहटने मुडमा पुगेको ती नेताले बताए । कांग्रेस लचिलो भएन भने गठब न्धन दुर्घ,टनामा जान सक्ने ती नेताको भनाई छ ।
अहिले महानगरको मेयर माओवादी केन्द्रकी रेणु दाहाल रहेकी छन् । दाहाल,,लाई मेयर बनाउन २०७४ सालमा कांग्रेसले नै सहयोग गरेको थियो ।
कांग्रेससँग तालमेल गरेरै दाहालले चुनाब जिते की थिइन् । अघिल्लो स्थानीय चुनावमा मनोन यन फिर्ता लिने दिनमा तालमेल घोषणा भएको थियो ।
पहिलेका चुनावहरूको नतिजाको आधारमा तुलनात्मक रूपमा वाम घटकभन्दा भरतपुरमा कांग्रेस बलियो मानिन्छ ।
तर बलियो भए पनि मेयर पद छाडेका कारण त्यस बेलादेखि चुलिएको असन्तुष्टि अझै कायम छ । त्यसैले यस पटक कुनै पनि हालतमा कांग्रे स मेयरको पद छोड्ने पक्षमा छैन ।
भरतपुरमा माओवादी केन्द्र र कांग्रेस मध्य कसले मार्ला बाजी त्यो भने त्यो भने समयले देखाउला नै ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।