२०७९ असार १७ शुक्रबार

आमाको न्ययको लागि उत्रीए ८ वर्षिय छोरा सडकमै आए, सबैलाई भावुक बनायो यो दृश्यले (भिडियो सहित)

रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका स्थित अमृता खत्रीले आफ्नो माइती दाइलाई म्यासेज पठाउँदै भनिन्,”दाइ म यहाँ बस्न सक्दिन,मलाई यहाँबाट निकाल्नुहोस् तर उनले यसरी म्यासेज पठाएको आधा घण्टा नबित्दै उनको ज्यान गयो।

तर श्रीमानले उनको माइतीपक्षको दाइ………लाई,”दाइ चाँडै आउनुहोस्,बहिनी बिरामी भइन्” भनेर फोन गरे।अहिले माइती पक्ष र घर पक्ष दुवै तर्फी घटनास्थलमा आएर आ-आफ्नै आशय व्यक्त गरिरहेका छन्।

साथै घटनाको सत्य तथ्य छानबिनको लागि प्रहरी तथा अनुसन्धान टोली समेत लागि परिरहेको छ। मृ’त’क अमृता खत्री माइतीबाट ५ महिना जति बसेर घर आएकी थिइन् र घर आए लगत्तै १ घण्टामै उनको रहस्यमय तरिकाले मृ”त्यु हुन गयो।

माइती पक्षले यसलाई विष खाएर नभइ सुनियोजित ह’त्या गरिएको बताएको छ।अमृताका दाइका अनुसार दाइले अमृ तालाई र उनको छोरालाई घरमा पुर्‍याएर आएको एक घण्टा पनि नबित्दै ज्वाइँले कल गर्दै बहिनी बिरामी भएको र अस्पता लमा लैजानको लागि सहयोग मागेका थिए।

त्यसपछि अमृताका दाइ अतालिँदै अमृतालाई अस्पतालमा लैजान भनी गए र उनलाई नजिकैको अस्पतालमा लगेर उपचार गराउने क्रममा अस्पतालका डाक्टरले उनलाई पहिले नै मृ’त्यु भएर ल्याएको भनेर मृ’त सर्टिफिकेट बनाइदिएका थिए।

तर गाउँले दिदीबहिनी तथा आमाहरू यसलाई सुनियोजित घटना भएको भन्दै यतिखेर आन्दो लन गरिरहेका छन्।उनीहरूका अनु सार अमृ ताले त्यति चाँडै माइतीबाट आउनेबित्तिकै तत्का ल त्यत्तिको मृत्युबरण जस्तो निर्णय लिन नसक्ने समेत बताएका छन्।

उनीहरूका अनुसार अमृता एउटा सहकारीमा समेत काम गर्दै आइरहेकी थिइन्।अमृताको न्यायका लागि भन्दै आन्दोलनरत आन्दोलन कारी हरूले यतिबेला घरमा समेत ढुङ्गामुढा गर्दै झ्याल तथा सिसामा तोडफोड गरेका छन्।यता दाइ रुँदै भन्छन्,

”बहिनी अमृता तिमी जहाँ भए पनि तिम्रो न्यायका लागि हामी लडिरहनेछौँ।तिमी लाई मा’रिए’को हो,तिमीले बचाउनु दाइ भनेर खबर गर्दागर्दै पनि बचाउन असमर्थ भयौं त्यसको लागि क्षमाप्रा र्थी छौँ।

”यसैबीच अमृताका साना ८ वर्षिय छोरा आदित्यले मेरी ममीलाई न्याय दे भन्दै सडकमै नारा लगाएर सबैलाई भावुक बनाएका छन । भिडियो :

२०७९ बैशाख ४, आईतवार प्रकाशित 1 Minute 2088 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?