
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एक/दुई दिनभित्र जति ठाउँमा तालमेल नहुने स्थानलाई थप समय उपलब्ध नहुने बताएका छन् ।
‘अबको एक/दुई दिनभित्रमा जहाँ-जहाँ तालमेलको सम्भावना छ । त्यहाँ तालमेल हुन्छ । जहाँ सम्भावना छैन,त्यहाँ तालमेल हुँदैन’ बुढानीलकण्ठमा आयोजित एक कार्यक्रममा थापाले भने, ‘स्थानीय तहको मर्मविपरीत भएको छ । स्थानीय तहलाई दिएको अधिकार पनि खोसियो । एक्लै जाने तालमेल गर्ने तपाईंहरूले निर्णय गर्ने हो ।’
निर्णय गर्न सकिएन भनेर माथिल्लो तहमा नपठाउन उनले मातहतका कार्यसमितिलाई निर्देशन दिएका छन् । महामन्त्री थापाले यस विषयलाई शनिबारको केन्द्रीय समितिको बैठकमा पनि उठाएका थिए ।
‘तल तालमेल गर्ने कुरा मिले मिल्छ । तल तालमेल मिलेन भनेर माथि पठाउन हुँदैन । तालमेलको टुंगाउने अधिकार तल्लो तहलाई नै छ ।’ केही स्थानमा तालमेलमा असहमति भएपछि निर्णयाधिकार माथिलाई दिइएको छ ।
यो पनि ” राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश पूर्ण रूपमा बेरोजगार उत्पादन गर्ने कारखाना भएको बताउनुभएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपुरले शनिबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दे उहाँले तीन करोड नपुगेको देशका पचासौं लाख युवा विदेश गएको कारण नेताहरूले देशलाई बेरोजगार उत्पादन गराउने कारखाना बनाएको आ’रो”प लगाउनुभएको हो ।
देशका लागि योग्य युवाहरू विदेश गएकोले देशको विकास हुन नसकेको उहाँको तर्क छ । उहाँले देश असफल राष्ट्रको बाटोमा लागेको कारण कुनै पनि क्षेत्र खुशी नभएको बताउनुभयो ।
अध्यक्ष लिङ्देनले अब जनताले चासो र विवेक पुर्याउन नसके देश अझै खतरामा जाने संकेत गर्नुभयो । देश बचाउन नयाँ सोच र बिचार आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश पूर्ण रूपमा बेरोजगार उत्पादन गर्ने कारखाना भएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपुरले शनिबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दे उहाँले तीन करोड नपुगेको देशका पचासौं लाख युवा विदेश गएको कारण नेताहरूले देशलाई बेरोजगार उत्पादन गराउने कारखाना बनाएको आरोप लगाउनुभएको हो ।
देशका लागि योग्य युवाहरू विदेश गएकोले देशको विकास हुन नसकेको उहाँको तर्क छ । उहाँले देश असफल राष्ट्रको बाटोमा लागेको कारण कुनै पनि क्षेत्र खुशी नभएको बताउनुभयो ।
अध्यक्ष लिङ्देनले अब जनताले चासो र विवेक पुर्याउन नसके देश अझै खतरामा जाने संकेत गर्नुभयो । देश बचाउन नयाँ सोच र बिचार आवश्यक रहेको बताउनुभयो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।