२०७९ असार १३ सोमबार

मौका पाउने बित्तिकै राजसंस्था र हिन्दू राष्ट्र घोषणा हुन्छ : लिङ्देन

जनकपुरधाम : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने बताए। जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपा आफ्नै बलबुतामा स्थानीह तह निर्वाचनमा जनताबीच जाने र कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने स्पष्ट पारे।

उनले आगामी निर्वाचनमा पार्टीले अधिकांश स्थानमा जीत हासिल गर्ने दाबी गर्दै चुनावमा राम्रो परिणाम प्राप्त हुने विश्वास व्यक्त गरे। अध्यक्ष लिङ्देनले राप्रपाले मौका पाउने बित्तिकै नेपालमा राजसंस्था ल्याउने र हिन्दू राष्ट्रसमेत घोषणा गर्ने बताए। उनले भने “राप्रपाले चाहेर हुने भए र ल्याउन सक्ने भए राजालाई नारायणहिटीमा ल्याउने र हिन्दू राष्ट्र आजै पुनःस्थापना गर्ने थियो ।”

उनले राजसंस्था स्थापनाका निम्ति उपयुक्त वातावरण बनाउने काममा लागिपरेको र मौका आउने बित्तिकै राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापना हुने बताए। नयाँ सम्झौताअन्तर्गत राष्ट्रप्रमुख वा अभिभावकीय संस्थाका रूपमा राजसंस्था रहने र जनताबाट निर्वाचित जनप्रतिनिधिले देशको

शासन व्यवस्था चलाउने नीति राप्रपाको रहेको उनको भनाइ थियो। धनुषाको वीरेन्द्रबजारमा आज पार्टी प्रवेश एवं स्थानीय तह निर्वाचन केन्द्रित कार्यक्रममा सहभागी हुन अध्यक्ष लिङ्देन आएका हुन्। रासस

यो पनि ” राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश पूर्ण रूपमा बेरोजगार उत्पादन गर्ने कारखाना भएको बताउनुभएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपुरले शनिबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दे उहाँले तीन करोड नपुगेको देशका पचासौं लाख युवा विदेश गएको कारण नेताहरूले देशलाई बेरोजगार उत्पादन गराउने कारखाना बनाएको आ’रो”प लगाउनुभएको हो ।

देशका लागि योग्य युवाहरू विदेश गएकोले देशको विकास हुन नसकेको उहाँको तर्क छ । उहाँले देश असफल राष्ट्रको बाटोमा लागेको कारण कुनै पनि क्षेत्र खुशी नभएको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले अब जनताले चासो र विवेक पुर्याउन नसके देश अझै खतरामा जाने संकेत गर्नुभयो । देश बचाउन नयाँ सोच र बिचार आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश पूर्ण रूपमा बेरोजगार उत्पादन गर्ने कारखाना भएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपुरले शनिबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दे उहाँले तीन करोड नपुगेको देशका पचासौं लाख युवा विदेश गएको कारण नेताहरूले देशलाई बेरोजगार उत्पादन गराउने कारखाना बनाएको आरोप लगाउनुभएको हो ।

देशका लागि योग्य युवाहरू विदेश गएकोले देशको विकास हुन नसकेको उहाँको तर्क छ । उहाँले देश असफल राष्ट्रको बाटोमा लागेको कारण कुनै पनि क्षेत्र खुशी नभएको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले अब जनताले चासो र विवेक पुर्याउन नसके देश अझै खतरामा जाने संकेत गर्नुभयो । देश बचाउन नयाँ सोच र बिचार आवश्यक रहेको बताउनुभयो ।

२०७९ बैशाख ५, सोमबार प्रकाशित 1 Minute 301 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?