२०७९ जेष्ठ २ सोमबार

दक्षिण कोरियाबाट आयो एकदमै दु:खद खबर..

एजेन्सी । दक्षिण कोरियामा २४ घण्टाको समयाअवधी अर्थात शनिबार मध्यरातसम्म ९३ हजार नयाँ कोभिड–१९ सङ्क्रमति भेटिएका छन् ।

यसैसँगै कूल संक्रमितको संख्या १ करोड ६३ लाख ५ हजार ७५२ पुगेको स्वास्थ्य अधिकारीहरूले आइतबार जनाएका छन् ।

दक्षिण कोरियामा अघिल्लो दिन एक लाख ७ हजार ९१६ जनामा कोरोना सङ्क्रमण भएको रोग नियन्त्रण तथा रोकथा   म एजेन्सी ९केडिसिए० ले जानकारी दिएको थियो ।

यहाँ एक हप्ताअघि एकै दिनमा एक लाख ६४ हजार ४५६ जनामा कोरोना स,ङ्क्रमण भएको थियो । यहाँ कोरोना स,ङ्क्रमण घ,ट्ने क्रममा रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

गत २४ घण्टामा अर्थात शनिबार मध्यरातिसम्म कोरोना सङ्क्र मणको कारण २०३ जनाको मृत्यु पुष्टि भएपछि कूल मृतकको संख्या २१ हजार ९२ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

यहाँ खोपको दुई डोज प्राप्त गर्ने व्यक्तिहरूको संख्या चार करोड ४५ लाख २६ हजार ४७१ पुगेको जनाइएको छ ।

यो संख्या दक्षिण कोरियाको कूल जनसंख्याको ८६।८ प्रतिशत भएको जनाइएको छ ।

२०७९ बैशाख ५, सोमबार प्रकाशित 0 Minutes 1946 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार