२०७९ असार १२ आईतवार

रित्तो बन्दैछ देश,विदेश जानेहरुमा तेब्बरले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा श्रम स्वीकृति लिएर ूविदेश जाने श्रमिकको सङ्ख्या ४ लाख ५२ हजार पुगेको छ। यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा तेब्बर बढी हो ।

गत वर्षको ९ महिनामा १ लाख ४७ हजार युवाले श्रम स्वीकृति लिएका थिए। कोभिड खोपको पहुँच र स्वास्थ्य मापदण्ड,,मा आएको लचकताका कारण कोरोना सङ्क्रमणका बीच

समेत नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या उल्लेख्य वृद्धि भएको हो। चालू आवको पुस महिनामा वैदेशिक रोजगा

रीका लागि श्रम स्वीकृति लिने युवाको सङ्ख्या हालसम्मकै उच्च देखिएर बीचका दुई महिना केही घटेर चैतमा पुनः बढेको छ।

कोरोना सङ्क्रमणको तेस्रो लहरपछि चैतमा सबैभन्दा बढी युवाले श्रमस्वीकृति लिएको पाइएको छ।

चालू आर्थिक वर्षको साउन महिनामा २३ हजार ३ ले विदेश जान श्रम स्वीकृति लिएकोमा यो सङ्ख्या चैतमा ५२ हजार पुगेको छ ।

याे खबर कारोबार दैनिकमा छ ।

२०७९ बैशाख ७, बुधबार प्रकाशित 0 Minutes 291 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?