२०७९ जेष्ठ ३ मंगलवार

जाजरकोटमा चोरीको मोटरसाइकलसहित माओवादी वडाध्यक्ष पक्राउ

जाजरकोट : जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हिरालाल पुन पक्राउ परेका छन्। चोरीको मोटरसा इकलसहित अध्यक्ष पुनलाई प्रहरीले पक्राउ गरेको हो।

वडाध्यक्ष पुनले लामो समयदेखि लु ५९ प ०२१७ नम्बरको १५० सिसीको पल्सर मोटर साइकल चलाउँदै आएका थिए।   तर उनीसँग उक्त मोटरसाइकलका कुनै कागजपत्र थिएनन्।

वडाध्यक्ष भएकै कारण प्रहरीले पनि खासै केरकार गरेको थि एन। वडाध्यक्षले चोरीको मोटरसाइकल चलाउने बारे प्रहरीमा मौखिक उजुरी परेपछि बाध्य भएर

प्रहरीले नलगाड १ कल्पत स्थित सडकमा बेवा रिसे अवस्थामा छोडेको अवस्थामा मोटरसाइक ल नियन्त्रणमा लिएको थियो। मोटरसाइकल नियन्त्रणमा लिए पनि पक्राउ पर्न नसकेका वडा ध्यक्ष पुनलाई जनदवावपछि बुधबार प्रहरीले पक्राउ गरेको हो।

वडाध्यक्ष पुनलाई जिल्ला अदालतले अनुसन्धान का लागि सात दिनको म्याद दिएको जिल्ला प्रहरी प्रमुख सन्तोष निरौलाले बताए। उ

नी अहिले प्रहरी हिरासतमा छन्। वडाध्यक्षमा फेरि दोहरिने इच्छा राखेका उनलाई चोरीको मोटरसाइकल काण्डले ठुलै धक्का लाग्ने देखिएको छ।

२०७९ बैशाख ८, बिहीबार प्रकाशित 0 Minutes 1632 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार