२०७९ जेष्ठ ९ सोमबार

२२ वर्षे छोराले दुवै मिर्गौला फेल भएका ५९ वर्षीया आमालाई दिए मिर्गौला

काठमाडौं । ललितपुर, महालक्ष्मी नगरपालिका-५ टिकाथलीका दुवै मिर्गौला फेल भएका ५९ वर्षीया सावित्रीमहर्जनको बुधबार सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ।उनलाई उनकै २२ वर्षे छोरा जर्ज महर्जनले आफ्नो एउटा मिर्गौला प्रदान गरेका हुन् ।

ललितपुरको किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा बुधबार बिहान मानव अंग प्रत्यारोपण विभागका सर्जन डा.नारायण भुषालको नेतृत्वमा चिकित्सक टोलीले मिर्गौला प्रत्यारोपण गरेको हो।

प्रत्यारोपण टोलीमा किस्ट अस्पतालका मिर्गौला प्रत्यारोपण नेफ्रोलोजिस्ट डा।सन्तोष क्षेत्री, इन्टरनल मेडिसिनका डा।निकेश बज्राचार्य, एनेस्थेसिया विभागका प्राडा रामभक्त कोज, डा.महालक्ष्मीदेउजा रडा।स्मृति कोइरालाको साथै नर्सहरू, एनेस्थेसिया विज्ञका साथ मुटुरोग विशेषज्ञको टोली खटिएको थियो।

यो खबर आजको नेपाल समाचरपत्र दैनिकमा छ ।

अभिनेत्री केकी अधिकारीले आफ्नो बिहेको फोटो सार्बजनिक गरेकी छिन् । हाम्रोबजार डटकमका सिइओ रोहित तिवारीसँग उनी आज विवाह बन्धनमा बाँधिएकी हुन्। बुधबार केकी र रोहितले मेहन्दी उत्सव मनाएका थिए। पारिवारिक सदस्य र केही साथीभाइबीच दुईले मेहन्दी उत्सव मनाएका हुन्।

फोटो सार्वजनिक गर्दै केकी लेख्छिन् – आजका दिन सम्म मलाई कलाकारको रूपमा दिनु भएको माया, सद्भाव र समर्थन प्रति हार्दिक आभारी छु। कलाकारका रूपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएको मेरा प्रिय दर्शकसॅंग मेरो विवाहको शुभ समाचार बाढ्न पाउदा अत्यन्तै हर्षित छु।

जीवनको नया अध्याय सुरू गर्दै गर्दा म र मेरो जिवन साथीले उपहार स्वरूव यहाहरूको आशिर्वादको अपेक्षा गरेका छौँ। यहाहरूको माया, साथ र सद्भाव हामी प्रति सदैव कायम रहने कुरामा हामी विस्वस्त छौँ। बाँकी जानकारी भिडियोमा हेर्नुहोला :-

 

२०७९ बैशाख ९, शुक्रबार प्रकाशित 1 Minute 318 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार