
काठमाडौं, ९ बैशाख : पेप्सीकोलामा मोटरसा इकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कालीकोट तिलागुफा नगरपालिका घर भई कोटेश्वर बस्दै आएका २० वर्षीय धर्मेन्द्र बमको मृत्यु भएको जिल्ला प्रहरी परिसर ।।।
काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। उनका अनुसार बिही बार राति बमले चलाए को बा ३९ प ५१८० नम्ब रको मोटरसाइकल जडीबुटीबाट पेप्सीकोला
जाने क्रममा रोकिराखेको बा २१ च ८८९५ नम्बरको जीपमा ठोक्किएको हो।
जीपमा मोटरसाइकल ठोक्किँदा अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको उनले जानकारी दिए।
मोटरसाइकलमा पछाडि सवार कैलालीका १८ वर्षीय घाइते जगदिश शाहीको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी उपरीक्षक मैनालीले बताए।
दोलखा घर भई हाल लोकन्थली बस्दै आएका ४६ वर्षीय जीप चालक देवेन्द्र भुजेललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।