२०७९ असार १३ सोमबार

वेहुली बन्दा यस्ती देखिईन् बर्षा -अब पालो पुजाको ! बिहेपछी बोलिन् केकी – गोप्य बिहे (हेर्नुस भिडियो)

काठमाडौं- आज नायिका वर्षा सिवाकोटीको बिवाह सम्पन्न भएको छ । उनको अमेरिका बस्दै आएका प्रेमी आशिष गेलालसँग बिवाह भएको हो । विवाहलाई गोप्य राखेकी वर्षाका बिहेका तस्विर भने सार्वजनिक भएका छन् ।

टिकटकबाट चर्चामा आएका जुम्ल्याहा दिदी बहिनी प्रिज्मा पिन्सी आशिषको तर्फबाट जन्ती गएको बताइएको छ । विवाहमा सरिक प्रिजमाले इन्ट्राग्राममा बेहुलासँगको स्टोरी पोष्ट गरेकी छिन ।

विवाहमा दुवै परिवारका आफन्त र परिवारका सदस्य मात्र उपस्थित भएका थिए । वर्षाका जीवनसाथी आशिष इन्जियिनर हुन् । उनको घर नेपालमा बालुवाटारमा रहेको बताइएको छ ।

गोप्य रुपमा भइरहेको बिबाह राजधानीकै एक भिल्लामा भएको हो । विवाह समारोहमा परिवारका सदस्य, सीमित आफन्त र साथीहरु गरी १५० जनाको उपस्थिति रहेको वर्षानिकट स्रोतले जनाएको छ ।

वर्षाको यस अघि राज कटुवालसँग नाम जोडिएको थियो । यद्यपी उनी साथी मात्रै रहेको बुmिभएको छ । यस अघि नायिका केकी अधिकारीले पनि सुटुक्क बिहे गरेकी हुन् ।

२०७९ बैशाख १०, शनिबार प्रकाशित 1 Minute 1061 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?