
काठमाडौ । पाल्पामा भएको मलामी स’वार बसमा दु”र्घटनामा आठ जनाको मृ”त्यु भएको छ । बुटवलदेखि रिडी हिँडेको मलामी सवार बस पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दु’र्घटना हुँदा आठ जनाको मृ”त्यु भएको हो । आइतबार बिहान साढे १० बजे ३५ जना मलामी सवार लु १ ख ७२७९ नम्बरको बस दु’र्घटना भएको हो ।
स्थानीयका अनुसार विरबहादुरका ६ भाइ छोरामध्ये एक जनाको पहिले नै मृ”त्यु भइसकेको छ । अहिले बुबाको शव अ’न्त्येष्टीको लागि गुल्मीको रिडी लैजाँदै गर्दा बस दु”र्घटनामा परि तिन जना छोराको पनि मृ”त्यु भएको जानकारी स्थानीयबासिन्दाले दिएका हुन् ।
पाल्पाको रिब्दीकोट गाउँपालिका २ लघुवामा दु’र्घटना भएको बस का चालक फ’रार रहेका छन्। उनी दु’र्घटनालगत्तै फरार रहेको प्रह रीले जनाएको छ। सो घ’टनामा घाइते भएका १३ जनाको विभिन्न अ’स्पतालमा उपचार भइरहेको जनाइएको छ।
बुटवलबाट शव बोकेर पाल्पाको रिडी अ’त्येष्टिका लागि आएको बस पाल्पाको रि’ब्दीकोट गाउँपालिका २ लघुवामा दु’र्घटना भएको थियो । तानसेन(तम्घास सडकखण्डको लघुवामा लु १ ख ७२७९ नम्बरको बस दु”र्घटना हुँदा घ’टनास्थलमै ८ जनाको ज्यान गएको जिल्ला प्रह री कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक सन्तोष भट्टराईले बता ए ।
बस दु’र्घटनामा परी मृ”त्यु हुनेमध्ये चार जनाको पहिचान खुलेको छ। बुटवल १७ रानीगञ्जका बीरबहादुर बिकको शव अ’न्त्येष्टीको लागि गुल्मीको रिडी लैजाँदै गर्दा मलामी चढेको बस दु’र्घटनामा परे को हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार मृ”त्यु हुनेमा रानीगञ्जका २४ वर्षीय भोजेन्द्र विक, लालबहादुर विक, पशुपति रसाइली र विजय थापा छन्। बाँकीको स’नाखत हुन सकेको छैन। दुर्घटनामा परी घाइते हुनेको अवस्था पनि ग”म्भीर रहेको प्रहरीले जनाएको छ।
अर्घाखाँचीको मरेङबाट केही वर्षअघि बुटवलमा बसाइसराइ गरेको विक परिवार बुटवल बुद्धनगरमा पसल चलाउँदै आएका थिए। यस्तै म’लामी गएकामध्ये तीन जना अझै फे’ला नपरेको प्रहरीले जनाएको छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।