२०७९ जेष्ठ ९ सोमबार

सडकमै जहाज खसेपछि, ६ जनाको मृ,त्यु

एजेन्सी – पोर्ट-औ-प्रिन्स : हैटीको राजधानी पोर्ट-औ-प्रिन्सको व्यस्त सडकमा विमान दुर्घ’टना हुँदा ६ जनाको मृत्यु भएको छ। पोर्ट-औ-प्रिन्स विमानस्थलबाट अपराह्न दक्षिणी तटीय शहर जेकमेलका लागि उडान भरेको

सेस्ना २०७ नम्बरको सानो जहाज इन्जनमा समस्या आएपछि कर्रेफोर समुदायको बस्तीमा आपतकालीन अवतरण गर्न खो ज्दा ढुवानी ट्रकमा ठो’क्किएर दुर्घ’टनाग्रस्त भएको समाचार संस्था एपीले जनाएको छ।

दु,र्घटनामा पाइलटको उपचारका क्रममा मृ त्यु भएको हो भने ट्रक चालकको घटनास्थलमै मृ,त्यु भएको उक्त क्षेत्रका पुलिस कमिसनर पियरे बेलामी समेदीले बताए। उनकाअनुसार जहाजमा पाँच जना सवार थिए।

हैटीका प्रधानमन्त्री एरियल हेनरीले ट्वीटरमार्फत घ,टनाप्रति दु:ख व्यक्त गरेका छन्।अन्य समाचार / राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले आजदेखि साउदी अरेबियाको रियादमा सिधा उडान सुरु गरेको छ ।

निगमको वाइड बडी ए ३३० जहाजले रियादमा शुभारम्भ उडान भरेको हो ।उद्घाटन उडानमा विभिन्न मन्त्रालयका उच्च अधि कारी, निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित विभिन्न विभागका प्रतिनिधि, व्यवसायीलगायत सहभागी छन् ।

निगमका अध्यक्ष अधिकारीले विविध बाधा अवरोधलाई पन्छाउँदै रियादमा ऐतिहासिक उडान सुरु गरिएको बताउनुभयो ।

“विविध अवरोधलाई पन्छाउँदै अन्ततः हामी साउदी अरेबियाको रियादमा आज पहिलो शुभारम्भ उडान गर्दैछाैं । राष्ट्रिय ध्वाजा बाहकको यो नयाँ गन्तव्यको सुरुआतका लागि सहयोग गर्ने सम्पूर्णमा विशेष आभार व्यक्त गर्दछु”, अध्यक्ष अधिकारीले भन्नुभयो ।

उहाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको नेतृत्व र मन्त्रालयको टिम तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा रियाद उडान सञ्चालन गर्न सफल भएकोमा सबै प्रति आधार प्रकट गर्नुभयो ।

साथै उहाँले परराष्ट्र मन्त्रालयलगायत सबै शुभेच्छुक एवं सहयोगीप्रति धन्यवाद व्यक्त गर्नुभयो ।निगमले हालै रियाद, दमाम र जेद्दामा उडानको अनुमति पाएको थियो ।

रियादस्थित नागरिक उड्डयन कार्यालयको जेनरल अथोरिटी अफ सिभिल एभिएसन्सले त्यहाँका तीनवटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको थियो । निगमले पहिलो चरणमा वैशाख ९ ९आज० गतेदेखि काठमाडौँ–रियाद–काठमाडौँ सातामा तीन उडान गर्नेछ ।

एकतर्फी ३७ हजार भाडाकाठमाडौँ–रियाद गन्तव्यका लागि एकतर्फी भाडादर रु ३७ हजार कायम गरिएको जनाइएको छ । निगमका प्रवक्ता अर्चना खड्काले हाललाई एकतर्फी भाडादर कायम गरिएको बताउनुभयो ।

निगमले साउदी अरेबिया उडानका लागि वाइडबडी र न्यारोबडी दुवै जहाजले उडान गर्नेगरी ‘स्लट’ पाएको छ ।यो गन्तव्यको उडानमा निगमले सहुलियतपूर्ण भाडादर, यात्रुलाई सुविधा ‘इनफ्लाइट’ खाना तथा रियादबाट फर्कंदा यात्रुले ४० केजी लगेज सुविधा पाउनेछन् ।

काठमाडौँ–रियाद एकतर्फी उडान अवधि छ घण्टा १५ मिनेट र रियाद–काठमाडौँ उडान अवधि चार घण्टा ५० मिनेटको हुने निगमले जनाएको छ ।नेपाली कामदारको बाहुल्य रहेको मुलुक साउदी अरबको उडानले निगमलाई आर्थिकरूपमा लाभ हुन सक्ने अनुमान गरिएको छ ।

विभिन्न पेसा व्यवसायमा पनि साउदीका विभिन्न गन्तव्यमा नेपाली छन् । अन्य मुलुकबाट ट्रान्जिट भएर आउन पनि यात्रु लाई सहज हुने भएकाले यो गन्तव्य उपयोगी हुने वि,,श्वास गरिएको छ ।नेपाली ध्वजावाहक वायुसेवा निगमको रियादको उडानसँगै अब आठ देशका १० गन्तव्यमा नियमित उडान हुने भएको छ ।

निगमले यसअघि भारतका तीनसहित सात देशका नौ गन्तव्य मा उडान भर्दै आएको थियो । निगमले भारतको नयाँदिल्ली, मुम्बई, बैंग्लोर, दुबई, दोहा, क्वालालम्पुर, हङ्कङ, बैङ्कक र जापानको नारितामा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।

देशको शान र पहिचान जोडिएको निगमको अन्तर्राष्ट्रिय गन्त व्यको उडानले कूटनीतिक सम्बन्ध विस्तार र बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन राष्ट्रिय ध्वजावाहकको ऐतिहासिक भूमिका रहँदै आएको छ र अगामी दिनमा पनि यो कायमै रहने निगमको विश्वास छ ।

कार्यकारी अध्यक्ष अधिकारीले निगमको व्यवस्थापन सुधार देखि सेवा सुदृढीकरण र बजार विस्तारमा निगम व्यवस्थापन अहोरात्र लागिपरेको बताउनुभयो । व्यवस्थापनको मेह,,नत, कर्मचारीको साथ र सहयोगले नै छोटो समयमा निगमभित्र धेरै सकारात्मक परिवर्तन गरिएको र यसलाई परिणाममुखी बनाउन निगम अग्रसर रहेको उहाँको भनाइ छ ।

अन्य काममा पनि निगमभित्रका कर्मचारीको सहयोग र तालु कदार मन्त्रालय र नियामक निकायसँगको समन्वयमा केही नतिजामुखी काम भएको पनि अध्यक्ष अधिकारीको जिकिर थियो ।

२०७९ बैशाख १०, शनिबार प्रकाशित 1 Minute 7709 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार