२०७९ असार १३ सोमबार

नागढुंगा सुरुङमा स्थानीयको तोडफोडले विदेशी लगानीकर्तामा कस्तो सन्देश जाला ? (भिडियोसहित)

जापनीज सहयोग नियोग जाईकाको १६ अर्ब ऋण सहयोग र नेपाल सरकारको ६ अर्ब सहित २२ अर्बमा निर्माणाधिन नागढुंगा सुरुङमा स्थानीयवासीको तोडफोडले २८ चैतदेखि एक हप्ता काम रोकियो । हाल काम सुचारु भएपनि उक्त घट्नाले अन्तर्राष्ट्रिय लगानीकर्तामा निरासा उत्पन्न गराएको जानकारहरु बताउछन् ।

प्रसंग थियो, खानेपानीको । काठमाण्डौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ का स्थानीय आफुहरुको खानेपानीको मुहान सु्केको भन्दै आयोजनाको पूर्वी खण्डमा रहेको साईट कार्यालयमा पुगे ।

विगतमा पटक पटक पानीको समस्याबारे जानकारी गराउदा पनि आयोजनाले पर्याप्त पानी उपलव्ध नगराएको भन्दै आक्रोसित भिडले जापनीज प्राविधिक बस्ने कार्यालयदेखि नेपाल सरकारको सम्पर्क कार्यालयमा तोडफोड गर्यो ।

आयोजनाले खानेपानी समस्या समाधान गर्ने भएपछि स्थानीय पछि हटे । आन्दोलित स्थानीयको तोडफोडले जापनीज कन्सल्ट्यान्ट प्रमुखकको कार्यालय तोडफोड भएपछि उनले स्वदेश फर्किने बताएको र आफूहरुले सम्झाएर काममा फर्काएको आयोजनाका कार्यकारी निर्देशक नरेशमान शाक्यले बताए ।

‘यसप्रकारको गतिविधिले यति नकारात्मक सन्देश जान्छ कि,नेपालमा कुनैपनि विदेशी कम्पनीले काम गर्न दश पटक सोच्छन्’ उनले भने । एक्कासी गएर तोडफोड गर्नु दुखदायी भएको र राष्ट्रिय बेईज्जती विदेशीसामु हुन गएको निर्देशक शाक्यले बताए ।

४२ महिना निर्माण अवधि तोकिएको यस आयोजना २०७६ कात्तिकमा शिलान्यास भएको हो । जापानिज ठेकेदार कम्पनी हाज्मा एन्डो जेभीले सुरुङ निर्माणकार्य अघि बढाईरहेको छ ।

नेपालको सडक पूर्वाधारमा यो पहिलो र ‘ओभरफ्लाइ’ सहितको सुरुङमार्ग भएकाले पनि धेरैको नजर यसतर्फ छ । निर्माणस्थलमा स्थानीयको अवरोधपछि उत्पन्न परिस्थिति र सहमति के भयो भनेर हामीले नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक नरेशमान शाक्यसँग कुरा गरेका छौँ ।

भिडियोमा हेर्नुहोस् ।

२०७९ बैशाख १४, बुधबार प्रकाशित 1 Minute 2524 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?