२०७९ जेष्ठ ४ बुधबार

मेडिकल माफिया भनेर चिनिएका प्रसाईं बोल्दाबोल्दै लखेटिए (हेर्नुस भिडियो)

मेडिकल माफियाका रुपमा चिनिएका व्यवसायी एवं नेकपा एमालेका केन्द्रिय सदस्य दुर्गा प्रसाईँ आफ्नै गृहजिल्ला झापा  मा बोल्दा बोल्दै लखेटिएका छन्।झापामा आयोजित किराँती सत्यहाङ धर्मवलम्बीहरुको कार्यक्रममा प्रसाईँ बोल्दाबोल्दै विरोध भएको हो।

उनले आफ्नो व्यवसाय र समाजसेवाको दुहाईँ दिँदै भोट माग्ने हिसाबले अभिव्यक्ति दिन थालेपछि कार्यक्रममा उपस्थितहरु आक्रोशित बनेका थिए।हल्दीबारीमा आयोजित धार्मिक कार्य क्रममा किराँती सत्यहाङमा

धर्म–लाम्बीहरूका लागि भवन बनाइदिने, उपचार नपाएकाहरु लाई निशुल्क उपचार गरिदिने र सहयोग आवश्यक भए आफू लाई जतिबेला पनि सम्झन सक्ने बताउँदै थिए।

तर, स्थानीयले प्रसाईँले भोट माग्नका लागि यस्तो कुरा गरेको भन्दै विरोध जनाएका थिए। स्थानीयले चर्को विरोध गरेपछि प्रसाईँले बिचमै आफ्नो सम्बोधन सकेका थिए।

विवादित छविका प्रसाईँ केही समय अघि मात्रै नेकपा एमाले प्रवेश गरेका थिए। उनी अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीका नकिट व्यक्तिकारुपमा परिचित छन्।

२०७९ बैशाख ११, आईतवार प्रकाशित 0 Minutes 9881 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार