२०७९ जेष्ठ ३ मंगलवार

काठमाडौँवासीका लागि आयो निक्कै खुशीको खबर …

काठमाडौ । मेलम्चीको पानी काठमाडौँ आइपुगेर आजैदेखि नियमित वितरण सुरु भएको छ । आज खानेपानीमन्त्री उमाका न्त चौधरीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, बानेश्वर शाखाको कार्यालयमा चाबी ९भल्भ० खोलेर पुनःवितरण सुरु गर्नुभएको हो ।

आज पाँच करोड लिटर पानी वितरण गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । पहिलो दिन म,हाङ्काल चौर र नयाँ बानेश्वर शाखाबाट पानी वितरण हुँदैछ ।

भोलिबाट थप पानी आउने र थप स्थानमा वितरण गरिने भएको छ ।सो अवसरमा मन्त्री चौधरीले आफूले मन्त्रालयको जिम्मेवा री सम्हाल्दा गरेको प्रतिबद्धताका आधारमा पानी ल्याइएइको बताउनुभयो ।

उहाँका अनुसार अझै पनि कतिपय संरचना सम्पन्न हुन बाँकी भएकामा तत्कालका लागि पानी पथान्तरण गरिएको उहाँले बताउनुभयो ।

गतवर्ष बाढीपहिराका कारण मुहानको माथिल्लो तटीय क्षेत्रमा पुगेको क्षतिका बारेमा दातृ निकाय एशियाली विकास बैंकले विस्तृत अध्ययन गरिरहेको उहाँले बताउनुभयो ।सो अध्ययनको प्रतिवेदन आएपछि सबै निकायसँगको समन्वयमा मर्मत गरिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वर्षायाममा मेलम्चीमा क्षति पुग्ने भए पनि पूर्वसूचना दिने प्रणाली सुरु गरिएको छ ।” खानेपानी मन्त्राल यका सचिव सुरेश आचार्यले अहिले अस्थायी प्रक्रियाबाट पानी काठमाडौँ ल्याइएको बताउनुभयो ।

उपत्यकामा रहेका १० ट्याङ्कीबाट खानेपानी वितरण गरिनेछ । वर्षामा सुरुङ बन्द गर्नुपर्ने अवस्था आउँदा बागमतीको पानी वितरण गरिने उहाँले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणाले गतवर्ष नभएकामा यसवर्ष भक्तपुरमा पनि पानी वितरण गरिने बताउनुभयो ।

एक दुई दिन बिराएर उपभोक्ताका घरघरमा पानी वितरण हुने उहाँको भनाइ छ ।आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख राजेन्द्र साप कोटाले निर्देशनालयले सुन्दरीजलबाट उपभो क्ता का घरघरमा पानी पु¥याउन आवश्यक संरचना निर्माण गरेको बताउनुभयो ।

आवश्यक संरचना निर्माण सकिएको उहाँको भनाइ छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले गतवर्ष केही समय पानी वितरण गरिएको भए पनि बाढीका कारण वितरण ठप्प हुँदा नागरिक निराश भएको बताउनुभयो ।

उहाँका अनुसार अहिले पुनः पानी आउँदा नागरिकमा आशा पलाएको छ ।लिमिटेडका बानेश्वर शाखा प्रमुख नारायण कर्ण  ले शाखाले तालिका प्रकाशित गरेर आम उपभोक्तालाई पानी वितरणबारे जानकारी गराइरहेको बताउनुभयो ।

२०७९ बैशाख ११, आईतवार प्रकाशित 1 Minute 6707 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार