
सल्यान छुट्टाछुट्टै घ,टनामा परी यहाँ तीन जना को मृ त्यु भएको छ । बागचौर नगरपालिका–६ मा स्काभेटर दु,र्घटना हुँदा चाल क,,सहित दुई जनाको मृ त्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
बागचौर–६ मैढोले हुँदै जामुनेचौर जोड्ने सडक चौडा गर्ने क्रममा रा१क ७१९ नम्बरको स्काभेटर दुर्घटना हँुदा दाङको बबई गाउँ पालिका–४ हापुरे घर भएका चालक ३३ वर्षीय देवराज
खत्री र सल्यानको छत्रेश्वरी गाउँपालिका–१ का १८ वर्षीय चित्रबहादुर विकको मृ त्यु भएको हो ।दुर्घटनामा परी गम्भीर घाइते भएका चालक खत्रीको घटनास्थलमै र सहचालक विकको
उपचारका क्रममा सल्यान अस्पतालमा मृ त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।
दुर्घटनामा परी घा,इते भएका बागचौर–६ का धनबहादुर वलीको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाए को छ ।यसैबीच बिहे भोज खाएर घर फर्किने क्रममा एक शिक्षकको भिरबाट लडेर मृ त्यु भएको छ ।
दार्मा गाउँपालिका–४ का ५४ वर्षीय शिक्षक शप्तप्रकाश मल्लको बिहे भोज खाएर घर फर्किने क्रममा भिरबाट लडेर मृ,त्यु भएको प्रहरीले जनाएको छ ।
बिहे भोज खान गएका मल्ल आज बिहानसम्म पनि घर नर्फके पछि खोजी गर्दा मृ,तावस्थामा परिवारले फेला पारेका थिए ।मल्ल स्थानीय नव सर्वसाधारण मावि रातामाटामा कार्यरत भएको पारिवारिक स्रोतले जनाएको छ ।
श,व परीक्षणका लागि सल्यान अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।