२०७९ असार १७ शुक्रबार

मेयर उठ्ने भन्दै एसएसपीबाट राजीनामा दिएका साहले टिकट नै पाएनन टिकट नपाएपछि रुदै हिने…

कांग्रेसका तर्फबाट मेयरमा उम्मेदवारी दिने भन्दै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट राजी नामा दिएका गोविन्द साहले टिकट नै पाएनन्।धनुषाको विदेह नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने भन्दै राजीनामा दिएका

साहले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन्।पूर्वएसएसपी साहले भने, ‘जनाधार नै नभएको व्यक्तिलाई टिकट दिने निर्णय भएको छ। उहाँले चुनाव हार्नुहुन्छ।

मैले स्वतन्त्र उम्मेदवारी दिए पनि कांग्रेसको भोटले नै जित्ने भएकाले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेको छु।

’मेयर पदमा साहसँगै योगेन्द्र यादवको नाम सिफारिस भएको थियो। तर अन्तिममा यादवले टिकट पाउने निर्णय पार्टी,,ले गरेपछि साह स्वतन्त्र भएर चुनानी मैदानमा उत्रन लागेका हुन्।

चुनाव लड्ने भन्दै एसएसपी साहले दिएको राजीनामा गत फागुन १० गते स्वीकृत भएको थियो।

२०४९ चैतमा प्रहरी निरीक्षकको रुपमा नेपाल प्रहरीमा प्रवेश गरेका शाह २९ वर्ष सेवा गर्दै एसएसपीबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रेका हुन्।swadeshnepal बाट

२०७९ बैशाख १३, मंगलवार प्रकाशित 1 Minute 1023 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?