२०७९ जेष्ठ ४ बुधबार

सुटुक्क नेपाल आएर यस्तो हर्कत गर्दा रहेछन् दुई महिला

बैशाख ११, काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको औँठी र मोबाइलसहित तीन जना पक्राउ परेका छन्। साथै विमानस्थल मा सुन संकलन गर्न गएका थप एक व्यक्ति पक्राउ परेका छन्

पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका –२ का सुमन कुमार कापर, रोल्पाको त्रिवेणी गाउँपालिका–३ का खिमराज डाँगी, दाङको तुल्सिपुर उपमहानगरपालिका– ६ का प्रताप चौधरी र स्याङ्जाको पुतलीबजार नगरपालि का–३ का सुरज हमाल रहेका छन्।

आइतबार हिमालय एयरलाइन्सको उडानद्वारा दुबईबाट काठ माडौं आएका तीन जनालाई विमानस्थलको आगमन टनेल गेटबाट प्रहरीले नियन्त्रणमा लिएको हो।प्रहरीले चेकजाँचका क्रममा कापरले लगाएको खैरो रंगको जिन्स

पाइन्टको पछाडी पट्टी बेल्ट बाँध्ने स्थानमा रहेको ट्याग भित्र सुनको बिस्कुट थान एकको अन्दाजी तौल ५० ग्राम (अन्दाजी मूल्य ४ लाख ३२ हजार ५२५) अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

यस्तै, रोल्पाका खिमराज डाँगी र दाङका प्रताप चौधरीलाई २५/२५ ग्रामको सुनको बेरुवा औँठी र आईफोनसहित प्रहरीले पक्राउ गरेको छ। सो सुनको औँठी स्याङ्जाको पुतलीबजार नगरपा लिका–३ का सुरज हमालले भन्सार छली गर्न लगाएको खुलेको छ।

सुन संकलन गर्न आएका हमालसहित चारै जनालाई पक्राउ गरी प्रहरीले आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाएको जनाएको छ।

२०७९ बैशाख १३, मंगलवार प्रकाशित 0 Minutes 2617 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार