२०७९ असार १३ सोमबार

गायिका एलिना चौहानको ‘मेरी आमा’ सार्वजनिक ( भिडियो हेर्नुहोस् )

चितवन १३ वैशाख । कथा होस या कला, यी सबै कुराले हाम्रो संस्कृति र परम्परालाई जोगाउन मदत गरी रहेकै हुन्छन् । अझ साहित्य वा संगीतको कुरा गर्ने हो भने त यसमा चार्ड पर्वको प्रत्यक्ष प्रभाव भएको पाउँछौ ।

अहिलेको पिडिले भोली आउने सन्ततिलाई संस्कृति र परम्परा हस्तान्तरण गर्ने एउट मूल आधार संगीत हो । पढाईएको पाठ भन्दा देखाईएको संगीतबाट नयाँ पुस्ताले त्यस्लाई सहजै स्वि  कार गरीएको पाहिन्छ ।

संगीतले मुटु छुन्छ, संगीतले मनको भाव बोल्छ । त्यसैले त धेरै कलाकारहरु यहि मनको आवाज बोलेर चिनिएका छन् । कला कारहरुले आफ्नो देशको परम्मरा जोगाउन धेरै मदत पुय्राई रहे का हुन्छन् ।

यस्तै यहि वैसाख १७ गते परेको मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन)को अवसर पारेर गायिका एलिना चौहानले आमा सम्बन्धी गीत “मेरी आमा” उनकै युटुब च्यानल मार्फत सार्वज निक गरेकि छिन् ।

गीतका शब्द चर्चित लेखक लेखु सहयात्रीले लेखेका हुन भने संगीतपनि उनैको रहेको छ । आमामा समर्पीत उत्त गीतको सं गीत संयोजन भने विशम आचार्यले गरेका छन् । गीतमा आमा ले आफ्नो सन्तान प्रती गरीएको स्नेह

प्रस्ट रुपमा झल्केको छ र आमालाई देविको अर्को रुप हौ भनि एको छ । गीत सुन्दै गर्दा आमाले सन्तान प्रती गरेको दुःख, आ फुले पाएको दुःख र सन्तानले गर्नु पर्ने कर्तब्यलाई प्रस्टाउन खो जिएको छ ।

उत्त गीतमा सबै श्रोता तथा दर्शकहरुले गीतको शब्दले मन छुएको कुरा कमेन्टमा लेखेका छन्। हजुरलाई उत्त गीत कस्तो लाग्यो कृपया एक पटक हेरेर मनमा लागेका कुरा कमेन्ट बक्समा लेखिदिनु होला ।

 

२०७९ बैशाख १४, बुधबार प्रकाशित 1 Minute 445 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?