२०७९ असार १७ शुक्रबार

काठमाडौंको बूढानीलकण्ठबाट २२ जना पक्राउ, पैसा कमाउने धन्दापनि गजबको रहेछ

काठमाडौँ, बैशाख १३ : राजधानीमा फेरि ठूलो संख्यामा चिनि याँ नागरिक समातिएका छन् । गत शुक्रबार अध्यागमन विभा  ग र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले २२ जना चिनि याँलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्रेको हो ।

शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरुलाई झण्डै चार सय मोबाइल सेट, ठूलो संख्यामा ल्यापटप र केही नगदसहित पक्राउ गरिएको हो । उक्त घटनाबारे प्रहरीले कुनै जानकारी सार्वजनिक गरेको छैन ।

उनीहरुमध्ये धेरैलाई तीन चार जनाको दरले विभिन्न ठाउँमा बाँडेर राखिएको बताइन्छ । चिनियाँहरुलाई अहिले दरबार मा र्ग,नयाँ बानेश्वर, महाराजगञ्ज,प्रहरी परिसर टेकूलगायतका वृत्त र प्रभागमा राखिएको छ ।

हालसम्मको अध्ययनबाट चिनियाँहरुले बिजनेस भीसाको दुरुपयोग गरेको देखिएको छ ।केहीले भीसाको म्याद नाघे    पछि पनि ओभरस्टे गरेको पाइएको हो ।

अहिले उनीहरुविरुध्द अध्यागमन विभागले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकामा १० जना महिला र १२ जना पुरुष छन् ।

उनीहरुसँग अध्यागमन विभागले आवश्यक सोधपुछ र अनु सन्धान सकाएपछि मात्र प्रहरीको तर्फबाट केरकार र अन्य प्रक्रिया अघि बढाइने स्रोतले बताएको छ ।पक्राउ परेकाबाट ३३ वटा ल्यापटप र पाँच सयभन्दा धेरै मोबाइल बरामद भएको छ ।

अनलाइन जुवा खेलाउन ती डिभाइस प्रयोग भएको आशंका गरिएको छ । पक्राउ परेका २२ मध्ये २१ जना बिजनेस भिसामा लामो समय देखि बस्दै आएका थिए । एकजना पहिला बिज नेस भिसामा बसेर पछि पर्यटक भिसामा थिए ।

एक वर्षअघि नै उनको भिसाको म्याद सकिएको अनुसन्धानमा खुलेको छ । अध्यागमन विभागले उनीहरू अवैध गतिविधिमा संलग्न भएको भन्ने सूचना प्राप्त गरी प्रहरीको सहयोगमा छापा मारेर पक्राउ गरेको हो ।

तर, दुई दिन थुनामा राखी सोमबार उनीहरूलाई मुद्दा नचलाई तारेखमा छाडिएको छ । उनीहरू बाट बरामद डिभाइसको थप अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्या लयलाई जिम्मेवारी दिइएको छ ।

‘बरामद डिभाइसको फरेन्सिक ल्याबमा परीक्षण गर्छाैं,’ अपरा  ध अनुसन्धान कार्यालय प्रमुख एसएसपी वसन्त कुँवरले भने, ‘त्यसपछि के मुद्दामा अनुसन्धान गर्ने भन्ने तय हुन्छ ।’पक्राउ परेकाहरूले नेपालमा वैदेशिक लगानी ल्याइस केका थिएनन् ।

उनीहरूले लगानी ल्याउने प्रतिबद्धता जनाएर बिजनेस भिसा लिएका थिए । तर, नेपालमा व्यवसाय गर्नेभन्दा लामो समय बसेर अनलाइन जुवालगायतका धन्दा चलाउने मात्र उद्देश्य देखिएको अध्यागमन विभाग स्रोत बताउँछ ।

लगानी नल्याए पनि पटक–पटक उनीहरूको बिजनेस भिसा थपिएको थियो । पर्यटक भिसामा एक वर्षमा पाँच महिनाभन्दा धेरै बस्न नपाइने भए पनि यसरी बिजनेस भिसाको दुरुपयोग भएको हो ।

विभागबाट नियमन नहुँदा बिजनेस भिसामा बसेर उनीहरूले गैरकानुननी काम गर्दै आएका हुन् ।

२०७९ बैशाख १४, बुधबार प्रकाशित 0 Minutes 2096 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?