
काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट नै पुगेर ट्युसन पढाउनुपर्ने बताएका छन्।अहिले चुनावका बेला ओलीलाई र आफूलाई पनि भ्याइनभ्याइ भएकोले अलिकति समय भएका बेला बालकोट गएर ट्युसन पढाउने थापाले बताए।
‘उहाँलाई पनि दौडधुप छ, मलाई पनि,’ बत्तिसपुतलीमा आज आयोजित कार्यक्रममा थापाले भने, ‘अलिकति समय भएका बेला म बालकोट नै पुगेर ट्युसन पढाउने हो। उनले समृद्धिको आइडिया आफैँसँग राख्न ओलीलाई आग्रह गरेका छन्।
ओलीले मंगलबार कांग्रेसको घोषणा पत्रबारे टिप्पणी गरेका थिए। त्यसप्रति जवाफ दिँदै आज महामन्त्री थापाले भने, ‘केपी ओलीलाई लजिक मन पर्दैन, म्याजिक मनपर्छ। हाम्रो घोषणा पत्रमा म्याजिकको कुरा छैन लजिकको कुरा छ। के गर्न सकिन्छ र के गर्न सकिन्न भनेर।’
कांग्रेसको घोषणा पत्रमा म्याजिक नभएकोले ओलीलाई मन नपरेको उनले बताए। ‘मेरो आइडिया हो चोर्यो चोर्यो भन्नुभएको छ, मैले यसको बारेमा अलिकति भ्याएका बेला बालकोट नै गएर ट्युसन पढाउने हो,’ उनले भने।
भिडिओ:
यो समचार पनि पढ्नुहोस् ! नायिका तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य रेखा थापाले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीबाट उम्मेदवार भइ बाचाअनुसार काम नगर्नेलाई जनकारबाही गर्ने बताएकी छन् ।
बिहीबार बुटवलमा राप्रपाद्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले नगरमा उम्मेदवार भई जितेकाहरुले बाचाअनुसार काम नगरे उनीहरुलाई आफैले समातेर ल्याइ जनकारबाही गर्ने बताइन् ।
उनले भनिन्, ‘हामीलाई जिताउनु भयो भने कहिल्यै पनि निराश हुन दिने छैनौँ । राप्रपा जनतालाई नेता र भगवान मान्छ । पार्टीले जनतालाई आश्वासन दिँदैन, भ्रमपूर्ण सपना पनि देखाउँदैन ।
यो नगरमा जो उठ्नुहुन्छ तपाईँहरुले जिताएको खण्डमा र उहाँले गरेका बाचा पुरा गर्नुभएन भने मलाई भन्नुस् म समातेर ल्याएर तपाईँका काखमा राखिदिन्छु । तपाईँहरूको साथमा रहेर म जनकारवाही गर्छु ।’
केन्द्रीय सदस्य थापाले गणतन्त्रमा गाली गर्ने संस्कारले प्रश्रय पाएको बताउँदै गाली गरेर पार्टी र देश नबन्ने बताइन् । गाली गर्ने परिपाटी अन्त्य गरेर सबै मिलेर राष्ट्र निर्माण होमिनु पर्ने उनको भनाइ थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।