२०७९ जेष्ठ ९ सोमबार

संसदमा अश्लिल भिडियो हेरेपछि …

१४ वैशाख, काठमाडौं । बेलायती संसदमा सत्तारुढ दलका एकजना सांसदले अश्लिल भिडियो हेरेको भन्दै अनुसन्धान सुरु भएको छ ।

एकजना महिला मन्त्रीले कन्जरभेटिभ पार्टीका सांसदले संसद चलिरहेको बेलामा आफ्नै सामुन्ने अश्लिल भिडियो हेरेको बताएकी थिइन् ।त्यसपछि कन्जरभेटिभ पार्टीका प्रमुख

सचेतकले विज्ञप्ति निकालेर ती सांसदको बारेमा छानविन थालेको जानकारी दिएका हुन् ।छानविनमा पर्ने सांसदको नाम नखुलाइ पनि उनी ४० देखि ५० वर्ष उमेरबीचका छन् । एजेन्सीको सहयोगमा।

यो पनि,,युएईका राजकुमार मोहम्मदले दिए दुबईको जेलमा रहेका नेपाली पत्रकार पाण्डेलाई माफी, छिट्टै रिहाइ हुने

काठमाडौं, १४ वैशाख -युनाइटेड अरब इमिरेट्स ९युएई०का राजकुमार मोहम्मद बिन जायेद अल नहानले दुबईको जेलमा रहेका नेपाली पत्रकार उमाकान्त पाण्डेको सजाय माफ गरिदिएका छन् ।

सजाय माफी भएसँगै पाण्डे अब छिट्टै जेलमुक्त हुने युएईको अबुधावीस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।स्रोतका अनुसार युएईका राजकुमारले गत शुक्रबार पाण्डेको सजाय माफ गरिदिएका थिए ।

युएइको अदालतले पत्रकार पाण्डेलाई तीन महिना जेल, २० हजार दिराम जरिवाना, नेपाल डिपोर्ट लगायतको सजाय सुनाएको थियो । सामाजिक सञ्जालमा जथाभावी लेखेको भन्दै अबुधावीस्थित नेपाली दूतावासका

पदाधिकारीको उजुरीमा उनलाई उक्त सजाय सुनाइएको थियोपत्रकार पाण्डेलाई जेल सजाय सुनाइएपछि नेपालमा त्यसको विरोध भएको थियो ।

त्यसपछि युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले युएईमा रहेका प्राज्ञिक व्यक्तिलाई उनको सजाय माफीका लागि गत बुधबार भेटी अनुरोध गरेका थिए ।ती प्राज्ञिक व्यक्तिहरुले युएईका राजकुमार समक्ष कुरा पुर्याएका थिए ।

त्यसपछि राजकुमारले सजाय माफी गरेको दूतावास स्रोतले न्युज कारखानालाई बताएको छ । नेपाल डिपोर्ट नहुने गरी पत्रकार पाण्डेको सजाय माफी गरिएको दूतावास स्रोतले बताएको छ ।

२०७९ बैशाख १४, बुधबार प्रकाशित 1 Minute 2911 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार