२०७९ जेष्ठ ६ शुक्रबार

मात्र २० हजारमा मेयर बन्ने तयारीमा रहेका चित्र बहादुर कार्की, आखिर को हुन् ? (भिडियाे सहित)

उदयपुर जिल्लामा एउटा युवाको नाम रहेको छ चित्र बहादुर कार्की। उनको अहिले घरमा ३ जनाको परिवार रहेको छ। ममी ,भाई र स्वयम् चित्र बहादुर रहेका छन्।

बुबाको सानैमा निधन भएको बताउने चित्रबहादुर ,उनको नाममा मात्र १ कठ्ठा जग्गा रहेको छ। उनी भन्छन मेरो नाममा एक कठ्ठा बाहेक कसैले केही भेटाउन सक्दैन र छैन पनि।

करिब करिब २० हजारमा चुनाव सकिने उनको कुरा रहेको छ। म कतै पनि जान्न सबै काम सरसर्ती भन्दिन्छु । आसा छ मलाई सबै भोट दिन हुन्छ। उनी भन्छन्।

यो समचार पनि पढ्नुहोस् ! काठमाडौं / सरकारले आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन विदा दिने निर्णय गरेको छ। सरकारले शनिबार र आइतबार विदा दिने निर्णय गरेको हो। सरकारो निर्णयलाई कार्यन्वय गर्दै निजी तथा सरकारी विद्यालयहरुले पनि दुबै दिन विदा दिने तयारी थालेका छन्।

निजी विद्यालयहरुको छाता संगठन प्याव्सनले सरकारको निर्णयलाई स्वागत गर्दै आइतबार पनि विदा दिने तयारी थालेको छ। प्याव्सनका अध्यक्ष डीके ढुगांनाले राज्यले बनाएको नियमलाई कार्यान्वयनमा लैजान आफूहरु सकारात्मक भएको बताए।

उनले भने, ‘अधिकांश देशहरुमा हप्तामा दुई दिन विदा दिने चलन छ। यो अन्तर्राष्ट्रिय अभ्यास पनि हो। क्यालेन्डर समायोजन गर्नुपर्ने हुन्छ। शुक्रबार आधा समय शिक्षण त्यति प्रभावकारी पनि हुन सकेको थिएन।’

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्यालय समय विहान ९:३० देखि ५:३० सम्‍म बढाएको थियो। सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९:३० बजेदेखि साँझ ४:३० सम्म सञ्चालन गर्ने शिक्षा मन्त्रालयको तयारी छ।

२०७९ बैशाख १५, बिहीबार प्रकाशित 1 Minute 470 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार