२०७९ असार १२ आईतवार

महिलामा यसकारण हुन्छ बाँ’झोपन, यस्ता लक्षण देखिए रहनुहोस् सा’वधान

बाँ’झोपनलाई हाम्रो समाजमा नराम्रो दृ’ष्टिकोणले हेर्ने गरिन्छ। महिलाको बाँझोपनलाई त समाजबाटै तिरस्कार गर्न खोजिन्छ। म’हिलाको बाँझोपनलाई समाजको अगाडि उभ्याउने र पु’रुषको बाँ’झोपनलाई नजरअन्दाज गरेको पनि भेटिन्छ। बाँ’झोपन महिलामा मात्रै हुने समस्या हो भन्ने धारणासमेत विद्यमान छ।

यसकै कारण महिलाहरू घरेलु हिंसाको शिकार बन्न पुग्छन्। जबकि बाँझोपनको समस्या महिला र पुरुष दुवैमा बराबर मात्रामा हुन्छ। बाँझोपनको समस्या र यसबाट मुक्त हुन श्रीमान तथा श्रीमती दुवै जनाको भूमिका उत्तिकै रहन्छ। हिजोआज समाजमा बाँझोपनको समस्या दिन प्रतिदिन बढ्ने क्रममा देखिन्छ।

के हो बाँझोपन ? यो कसरी हुन्छ ? यसको समाधान के हो ? यसबारे सामान्य जानकारी लिउँ। वि’वाहपछि महिला र पु’रुषले कुनै पनि परिवार नियोजनको अस्थायी साधन प्रयोग नगरी यौ’न स’म्पर्क गर्दा, करिब १ वर्षसम्मको समयावधिमा पनि बच्चा नभएको अवस्थालाई बाँझोपन भन्निन्छ।

लगभग ८५ प्रतिशत दम्पतिमा विवाहको पहिलो वर्षमै कोसिस गरेमा बच्चा हुने सफलता हुन्छ भने यसमध्ये ७ प्रतिशत द’म्पतिमा वि’वाहको दोस्रो वर्षमा बच्चा हुने समभावाना हुन्छ। बाँकी १५ प्रतिशत लाई बाँझोपनमा राख्न सकिन्छ।

बाँझोपनका कारण

महिलाको महिनावारी गडबड हुनुः महिलाको महिनावारी करिब २१ देखि ३५ दिनसम्म हुनुपर्छ। कति जनामा ४५ दिनसम्ममा पनि महिनावारी नहुने हुन्छ। यसमा डिम्ब निष्काशनमा गडबडी हुनु मुख्य कारक हो, जस्तैः पोलिसिस्टिक ओभेरियन सिन्ड्रोम।

डिम्बवाहिनी नली बन्द हुनुः जसमा क्षयरोग एउटा मुख्य कारक हो। यस्तो इन्फेक्सनले शुक्रकिटको गतिविधिमा पनि पनि आउँछ र भ्रुण बस्न गाह्रो हुन्छ।

पाठेघरको संक्रमणः यौ’न स’म्पर्कबाट सर्ने रोग, क्ल्यामाइदिया, गोनोरहिया जस्ता सं’क्रमणले गर्दा पाठेघर, डि’म्बवाहिनी नलीका इन्फेकसन तथा इन्फ्लामेसन हुन्छ अनि डिम्बवाहिनी नली बन्द हुन जान्छ।

पाठेघरको ट्युमर्सः पोलिप र फाइब्रोइद जस्ता ट्युमरले बच्चा बस्न दिँदैन अनि बाँझोपन हुन जान्छ। महिलाको बढ्दो उमेरः ३५ वर्ष माथिका महिलामा डिम्ब कम हुँदै जान्छ, जसका कारण बाँझोपनको समस्या देखापर्न जान्छ।

ग’र्भपतन : पहिलो शिशु नजन्माई ग’र्भपतन गराउनु अथवा बा’रम्बार ग’र्भपतन गराउनु, जसले गर्दा पाठेघर पातलो हुन जान्छ र पाठेघरको भित्ता एक-अर्कासँग टाँसिन जान्छ। पु’रुषको वी’र्यमा हुने शु’क्रकिटको मात्रा कम हुनु (ओलिगो स्पर्मिया), शु’क्रकिट स्वस्थ नहुनु वा शु’क्रकिट नै नहुनु (एजोस्परमिया)।

पु’रुषको विर्यनलीमा सिस्ट, ट्युमर भएमा। पु’रुषको गु’प्ताङ्गको विकास राम्रोसँग नभएमा।

बाँ’झोपनको उपचार

उपयुक्त परामर्शरकाउन्सेल्लिङः निःसन्तान द’म्पतिलाई डाक्टर स्वयंले परामर्श र काउन्सेलिङ प्रदान गर्नुपर्छ। आ’वश्यक परेको अवस्थामा निःसन्तान द’म्पतिको घर-परिवार सहितलाई पनि काउन्सेल्लिङ गर्नुपर्ने हुन्छ।

औषधि पद्धतिद्वारा उपचार र मेडिकल थेरापीः महिलामा अन्डाको मात्रा बढाउन र ओभुलेसन गराउन गोनाडोत्रोफिन औषधि प्रयोग गरिन्छ जसले केही मात्रामा बाँझोपन कम गर्न सहयोग पुर्‍याउँछ। त्यसैगरी पुरुषको निम्ति केही प्रकारका औषधि उप’लब्ध छन् जस्ले शु’क्रकिटको मात्रा बढाउन मद्दत गर्दछ (ऐन्टी अक्सिडेन्ट, भिटामिन)।

आइयुआईरआइभिएफ प्रविधिः आइयुआई भन्नाले पु’रुषको वि’र्यलाई चालेर महिलाको पाठेघरमा सिधै राख्ने प्रक्रिया हो। यो करिब २० प्रतिसतमा सफल हुन्छ र ४–६ पटकसम्म गर्न सकिन्छ। आइभिएफ प्रविधिमा महिलाको डि’म्बासयबाट डि’म्बलाई अलग गरी शरीर बाहिर ल्याबमा पु’रुषको शुक्रकिटसँग निषेचित (फर्टिलाइज) गरिन्छ।

त्यसपछि तयार भएकोे भ्रुणलाई महिलाको पाठेघरमा प्रत्यारोपित गरिन्छ। यस प्रविधिको मद्दतबाट निषेचनको प्रक्रिया त्यो महिलामा पनि गर्न मिल्छ, जसको श्रीमानमा शुक्रिकटको मात्रा धेरै कम भएकोे पाइन्छ। यो साधारणतया ४०–५० प्रतिशत व्यक्तिमा सफल हुन्छ।

शल्यक्रिया, ल्याप्रोस्कोपिकः यदि बाँ’झोपनको कारक पाठेघर, डिम्बासयको ट्युमर भएमा त्यसलाई ल्याप्रोस्कोपिक प्रविधिद्वारा निकाल्न मिल्छ। हिस्टेरोस्कोपिकः यस प्रविधिबाट पाठेघरभित्र रहेका साना ट्युमर हिस्टेरोस्कोपको माध्यमबाट (पाठेघरभित्र भिडियो पठाई शल्यक्रिया) बिना पेट खोली यो’नाङ्गको बाटोबाट निकालिन्छ

२०७८ पुष २०, मंगलवार प्रकाशित 1 Minute 173 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?