२०७९ जेष्ठ ४ बुधबार

कारागारमै पुगेर पल शाहको आशिर्वाद लिँदै म्यानेजरले मनाए आफ्नो जन्म दिन(भिडियो सहित)

पल शाहको म्यानेजर कृष्ण जोशीको जन्मदिनका अवसरमा जोशीले पल शाहलाई भेटेरै उनको हातको आशीर्वाद लिएर उनले आफ्नु जन्म उत्सब मनाएको छन्।

कृष्ण जोशीलाई तपाईं र पल शाहको बीचमा के कुरा भएको थियो भनेर सोध्दा उनी यसो भन्छन्,’ मैले हिजो अस्ति नै फोन गरेर पाल दादा लाई म आउँदैछु भनेर भनेको थिएँ।’‘

यसपालीको मेरो जन्मदिनमा यस्तो माहोलको बीचमा मलाई एक्लै जन्मदिन मनाउन मन छैन त्यसैले म तपाईंलाई भेटेर मात्रै जन्मदिन मनाउँछु भनेको थिए।

अनि म पुगे वहाँलाई भेट्ने बित्तिकै कृष्ण जन्मदिनको शुभका मना अझैं राम्रो कामहरू गर्नु भन्नु भयो मलाई भित्र देख्ने बिति क्कै।’तपाईंलाई अघिल्लो वर्षको आफ्नु जन्मदिन र यस वर्षको जन्मदिनमा क फरक भए जस्तो लाग्छ भनेर सोध्दा उनी यसो भन्छन्,’

अघिल्लो वर्षको जन्मदिनमा मेरो ठ्याक्कै मेरी बास्सैको सुटिङ थियाे अनि सुटिङ सक्काएर मेरी बास्सैको टीम सँग केक काटेर मनाएको थिए भने यसपाली पल दादा लाई भेटेर मनाए।’

तपाईं पल शाहको धेरै जस्तो भिडियोहरुमा तपाई पनि सह कलाकार भएर खेलिरहनु भएको देखिन्छ त्यो तपाईं पल शाह को म्यानेजर भएर तपाईंले भिडियो खेल्न पाउनु भएको हो कि के हो भनेर जोशीलाई सोध्दा उनी यसो भन्छन्,’

म वहाँको म्यानेजर भएर खेल्न पाको होईन त्यहाँ कथाले कस्तो मान्छे खोजिरहेको हुन्छ त्यसकै आधारमा कुनै भिडियोमा खेल्ने हो मैले।’

अब फेरी तपाईंको अनि पल शाहको म्युजिक भिडियो हरु कहिले देखि दर्शकले देख्न पाउँछन् होला त भनेर म्यानेजर कृष्ण जोशी लाई सोध्दा उनी येसो भन्छन्,’

त्यो त म भन्नै सक्दिन किना भने त्यो कुरा भनेको सम्मानित अदालतको आदेशका आधारमा हुन कुट हो जुन कुरा भगवा नलाई थाहा होला।

हामीले कामना चै गर्न सक्छौ चाँडै पल दाई बाहिर आउनु भयो भने हामी नयाँ प्रोजेक्टहरु छिट्टै गर्न सक्छौ।

२०७९ बैशाख १६, शुक्रबार प्रकाशित 0 Minutes 2423 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार