२०७९ जेष्ठ ३ मंगलवार

मनोनयन दर्ता गर्न तीन लाख ६० हजार खर्च, कार्यकर्ताले पनि गरे रामधुलाई

खोटाङ – मेयर पदमा उम्मेदवारी दिन नेपाली कांग्रेसका नेता धर्मराज पोखरेल दिक्तेल रुपाकोट म’झु’वागढी नगरपालिकामा हेलिकोप्टर लिएर आए । पार्टी भित्रको आन्तरिक वि’वा’द’का कारण उक्त उम्मेदवारी फिर्ता लिन परेको छ ।

उनले बैशाख १२ गते दिउसो अबेर उम्मेदवारी गराएका थिए । उनी उम्मेदवारी दर्ता गर्न तीन लाख ६० हजार रुपैयाँ खर्च गरेर विराटनगरदेखि खोटाङ आइपुगेका थिए । २०४६ देखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा क्रियाशील पोखरेल तीन वर्षअघि राप्रपाबाट कांग्रेसमा छिरेका थिए ।

काठमाडौंस्थित विजय इन्जिनियरिङ कन्सल्टेन्सीका प्रबन्ध निर्देशक र वि’जय अर्गानिक भिलेज कम्पनीलगायतका मालिक रहेका पोखरेलले टिकट ढिलो गरी टुंगो लागेकाले गाडीमा आउन नसकिने भएपछि हेलिकोप्टर चार्टर गर्नुपरेको बताए ।

उनले टिकट हात पार्दा दिउँसोको १२ बजिसकेकाले मनोनयनका लागि समयमै पुग्न हेलिकोप्टर प्रयोग गर्न बाध्य भएको उनको भनार्य छ ।

पोखरेलले प्रदेश सभापति उद्धव थापालाई टिकट दिएका थिए । तर तीर्थराज भट्टराईले सभापति शेरबहादुर देउवाको हातबाट टिकट ल्याएकाले उनले फिर्ता लिन पर्यो ।

दुवैले मनोनयन दर्ता गरे पनि पोखरेलले अन्तिममा आएर उम्मेदवारी फिर्ता गरेका छन् । पोखरेलले कांग्रेसलाई जिताउन भन्दै उम्मेदवारी फिर्ता गरेको बताएका छन् ।

पोखरेल मनोनयन दर्ताकै दिन कु’टि’ए’का थिए । उनलाई असन्तुष्ट कांग्रेसका कार्यकर्ताले कु’ट’पि’ट गरेका हुन्।

२०७९ बैशाख १६, शुक्रबार प्रकाशित 1 Minute 2158 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार