
काठमाडौँ – ठूलो दुई पार्टीबीच पार्टी एकता हुने भएको छ । माधवकुमार नेपालका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र आलोक रायमाझीँको एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा)बीच एकता हुने भएको हो ।
नेकपा (एकीकृत समाजवादी)ले आफ्नो वैचारिक तथा सैद्धान्तिक दृष्टिकोणले नजिक रहेका राजनीतिक दल, पार्टी निकट मोर्चा, सङ्गठनलाई एकताबद्ध गरी कम्युनिष्ट शक्तिलाई बलियो बनाउने र कम्युनिष्ट आन्दोलनलाई मुलुकको विकास र जनताका पक्षमा उपयोग गर्ने नीतिअनुसार एनेकपासँग एकता गर्न लागिएको नेकपा (एस)ले जनाएको छ ।
एकताका लागि आवश्यक गृहकार्य पूरा भएकाले नेकपा (एस) का अध्यक्ष नेपाल र एनेकपाका अध्यक्ष रायमाझीको उपस्थितिमा यही बिहीबार (आज) नेकपा (एस) को केन्द्रीय कार्यालयमा दुवै पार्टीबीच एकतासभा गरिने नेकपा एसका प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिए ।
नेकपा (एमाले) बाट विद्रोह गरी स्थापित भएको नेकपा (एस) ले कम्युनिष्ट आदर्शको मूलधार भएको दाबी गर्दै आएको छ भने स्थापनाको आठ महिनाको अवधिमा करिब १० वटा वामपन्थी विचारका विभिन्न पार्टी तथा मोर्चालाई समाहित गर्दै आएको छ।–मोटिभेट न्यूज बाट
यो समचार पनि पढ्नुहोस् ! काठमाडौं / सरकारले आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन विदा दिने निर्णय गरेको छ। सरकारले शनिबार र आइतबार विदा दिने निर्णय गरेको हो। सरकारो निर्णयलाई कार्यन्वय गर्दै निजी तथा सरकारी विद्यालयहरुले पनि दुबै दिन विदा दिने तयारी थालेका छन्।
निजी विद्यालयहरुको छाता संगठन प्याव्सनले सरकारको निर्णयलाई स्वागत गर्दै आइतबार पनि विदा दिने तयारी थालेको छ। प्याव्सनका अध्यक्ष डीके ढुगांनाले राज्यले बनाएको नियमलाई कार्यान्वयनमा लैजान आफूहरु सकारात्मक भएको बताए।
उनले भने, ‘अधिकांश देशहरुमा हप्तामा दुई दिन विदा दिने चलन छ। यो अन्तर्राष्ट्रिय अभ्यास पनि हो। क्यालेन्डर समायोजन गर्नुपर्ने हुन्छ। शुक्रबार आधा समय शिक्षण त्यति प्रभावकारी पनि हुन सकेको थिएन।’
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्यालय समय विहान ९:३० देखि ५:३० सम्म बढाएको थियो। सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९:३० बजेदेखि साँझ ४:३० सम्म सञ्चालन गर्ने शिक्षा मन्त्रालयको तयारी छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।