२०७९ असार १२ आईतवार

मेयर हुदा रेणु दाहालले बाँडिन महानगरको लाखौं रकम व्यक्तिलाई हेर्नुस..

काठमाडौं। भरतपुर महानगरपालिकाको मेयर पदबाट रेनु दाहा लले राजीनामा दिएर फेरि उम्मेदवार बन्नुअघि महानगरबाट वि भिन्न व्यक्तिलाई लाखौं रुपैयाँ वितरण गरिएको पाइएको छ ।

चैत १८ गते नगर कार्यपालिकाको ६४ औँ अर्थात् अन्तिम बैठकबाट निर्माण सम्पन्न नभएको आयोजना, आफूनिकटका नेता कार्यकर्ता लगायतलाई लाखौं रकम बाँड्ने निर्णय भएको हो ।

महानगरको नगर कार्यपालिकाको अन्तिम बैठकमा माइन्यूट नै गरेर उपचार खर्चको नाममा विभिन्न व्यक्तिलाई ६ लाख ५५ हजार रुपैयाँ बाँड्ने निर्णय गरिएको छ । उक्त रकम कम्तिमा १० हजारदेखि एक लाख रुपैयाँसम्म रहेको छ ।

२१ जनालाई वितरण गरिएको रकम विवरणमा ५० हजारमाथि उपचार खर्च दिइएका व्यक्तिहरु को रोगको विवरण तथा रकम दिनुपर्ने अवस्था प्रष्ट नखुलाइ रकम मात्रै दिने उल्लेख गरिएको छ ।

२१ जनाको विवरणमध्ये भरतपुर १० का खेम दर्जीको रकम पाउनुपर्ने अवस्था नै उल्लेख नगरी एक लाख रुपैयाँ दिने निर्णय गरिएको छ।

त्यस्तै ठेगाना समेत नखुलाइएका बुधन महतो को नाममा ५० हजार रुपैयाँ दिने उल्लेख गरि एको छ । ३० हजार रुपैयाँ रकम पाएका केदा रमान आङ्दम्बेको रोग उल्लेख गरिएको छैन ।

त्यसैगरी भरतपुर महानगरको वडा नम्बर ८, कार्यालयको २ लाख रुपैयाँबाट ८ जना व्यक्ति लाई ३० र २० हजार रुपैयाँका दरले बाँडिएको छ ।

जसमा चलिरहेको पसल सञ्चालन खर्च विवरण उल्लेख गरेर ३ जनालाई ३० र २० हजार रुपैयाँका दरले रकम वितरण गरिएको छ ।

बैठकको निर्णय नम्बर १८ मा उल्लेख गरिएको रकम वित,रण विव,रणमा वडास्तरीय वार्षिक बजेटबाट विनियोजन भएको विपन्न परिवारलाई सहयोग शीर्षकमा वडाबाट नै सिफारिस भए अनुसार बाँड्ने उल्लेख गरिएको छ । स्रोत dainikinewsnepal

२०७९ बैशाख १८, आईतवार प्रकाशित 1 Minute 1361 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?