२०७९ जेष्ठ २ सोमबार

स्थापितको मिथ्या आरोप बालेन भन्ने फुच्चे अन्तर्राष्ट्रिय ठग मधेशी केटा हो (भिडिओ हेर्नुस)

नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा उम्मेदवार रहेका केशव स्थापित स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) माथि खनिएका छन्।

उनले बालेनलाई अन्तर्राष्ट्रिय ठग भएकोसमेत आरोप लगाए।एउटा फुच्चे बालेन शाह भन्ने रहेछ। यो त अन्तर्राष्ट्रिय ठग रहेछ,’ काठमाडौंमा आज आयोजित पार्टी कार्यक्रममा स्थापितले भने,

‘युवाहरूले सुनौं है, मसँग परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको, म पहाडिया ठकुरी भन्छ क्या। हिजो के कुरा खुल्यो भने मधेशतिरको साह रहेछ हेर्नुस् न। सुरूवातमै ठग कुरा गर्ने यहाँ ल्यायो भने के हालत हुन्छ?’

उनले बालेनलाई दर्तावाल ठग भएको आरोप लगाए।सुरूवातमै ठग। दर्तावाल ठग,’ उनले भने, ‘सबै काठमाडौंबासीलाई ढाँट्न पाइन्छ? मधेशको मान्छे मेयर आँट गरेर आउनु पर्दैन? आँटचाहिँ केही छैन।

जहिले पनि चस्मा छोड्दैन भनेको जनतासँग आँखा जुधाएर हेर्ने तागत रैनछ। फेस टु फेस बसेर कुरा गर्नुपर्‍यो नि!’

बालेनलाई काठमाडौंमा कति मानिस बस्छन् भन्नेसमेत थाहा नभएको स्थापितले दाबी गरेका थिए। ‘

यस्तो मानिसको पछि युवा लाग्ने?,’ उनले भने, ‘उहाँहरूसँग मैले प्रतिस्पर्धा गर्नु छैन।’***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***

२०७९ बैशाख १८, आईतवार प्रकाशित 0 Minutes 710 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार