
काठमाडौं – शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई झट्का लागेको छ । कानुनको कुरा नबुझ्दै मनपरी गरेपछि उनलाई झट्का लागेको हो । निर्वाचन आयोगले निर्वाचन आचार संहिता लागू भएपछि मन्त्री झाँक्रीले अमेरिका भ्रमण गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।‘
आचारसंहिता लागू भएपछि सरकारी पदाधिकारीहरु आयोगको अनुमति नलिई विदेश भ्रमणमा जान पाइदैन’, आयोग स्रोतले भन्यो, ‘उहाँ निर्वाचन आयोगसँग अनुमति त परैको कुरा, कुनै जानकारी पनि नदिई भ्रमणमा जानुभएको देखियो ।’
मन्त्री झाँक्रीको विषयमा उजुरी परेपछि आयोगले अध्ययन गरेको थियो । प्रारम्भिक अनुसन्धानमा उनी विदेश भ्रमणमा गएको पुष्टी भएपछि स्पष्टीकरण सोधेको आयोग स्रोतको भनाइ छ ।
मन्त्री झाँक्रीले आयोगले पठाएको स्पष्टीकरणको जवाफसमेत दिएको आयोग स्रोतले बतायो । तर जवाफ आयोगले खोलि सकेको छैन । जवाफ चित्तबुझ्दो नभए आयोगले उनलाई बोला एर स्पष्टीकरण सोध्न सक्नेछ । –
मोटिभेट न्यूज बाटयो समचार पनि पढ्नुहोस् ! काठमाडौं / सरकारले आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन विदा दिने निर्णय गरेको छ। सरकारले शनिबार र आइतबार विदा दिने निर्णय गरेको हो।
सरकारो निर्णयलाई कार्यन्वय गर्दै निजी तथा सरकारी विद्यालय हरुले पनि दुबै दिन विदा दिने तयारी थालेका छन्।निजी विद्याल यहरुको छाता संगठन प्याव्सनले सरकारको निर्णयलाई स्वागत गर्दै आइतबार पनि विदा दिने तयारी थालेको छ।
प्याव्सनका अध्यक्ष डीके ढुगांनाले राज्यले बनाएको नियमलाई कार्यान्वयनमा लैजान आफूहरु सकारात्मक भएको बताए।उनले भने, ‘अधिकांश देशहरुमा हप्तामा दुई दिन विदा दिने चलन छ। यो अन्तर्राष्ट्रिय अभ्यास पनि हो।
क्यालेन्डर समायोजन गर्नुपर्ने हुन्छ। शुक्रबार आधा समय शिक्षण त्यति प्रभावकारी पनि हुन सकेको थिएन।’मंगलबार बसेको मन्त्रिपरि षद्को बैठकले कार्यालय समय विहान ९:३० देखि ५:३० सम्म बढाएको थियो।
सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९:३० बजेदेखि साँझ ४:३० सम्म सञ्चालन गर्ने शिक्षा मन्त्रालयको तयारी छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।