२०७९ असार १३ सोमबार

जेलभित्र अभिनेता पल शाहको दिनचर्या : मनिषाको पुस्तक पढ्दै, डान्स कम्पोज गर्दै

काठमाडौं । एक नाबालिकामाथि ज’ब’र्जस्ती कर’णीको मु”’द्दामा अभिनेता पल शाह दुई महिनादेखि तनहुँ जिल्ला का’रा’गा’रमा छन् । फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आ”त्म’स’म’र्पण गरी हि’रा’स”तमा रहेका उनी अदालतले पुपक्षका लागि थुनामा राख्ने आ’दे”श दिएपछि कारागार चलान भएका थिए । उनी’वि’रु’द्धको मुद्दा अहिले अ’दालतमा वि’चाराधीन छ ।

दमौलीस्थित का’रा’गारमा रहेका पललाई भेट्न अहिले दिनहुँ आफन्त र फिल्मकर्मीको घु’इँ”चो लाग्ने गरेको छ । पललाई भेट्न आइतबार दिउँसो काठमाडौंबाट केही फिल्मकर्मी र उनको मु”द्दामा बयान दिएका गायक दुर्गेश थापा पनि तनहुँ का’रागार पुगेका थिए । पललाई भेटेपछि सञ्चारकर्मी प्रकाश सुवेदीले अनलाइनखबरलाई उनको दिनचर्याबारे यसरी बताए :

बिहान ५ बजे उठ्नुपर्ने नियम छ का’रागारभित्र । सखारै उठेर हल्का कसरत हुने रहेछ । त्यसपछि ध्यान योगा गर्नुपर्ने हुँदोरहेछ । घण्टी लगाएको टाइमभित्रै खानुपर्ने हुँदोरहेछ । बिहान १० देखि ११ बजे बीचमा खाइसक्नुपर्ने छ । खानामा हप्तामा दुई दिन मासु दिइँदो रहेछ । भित्र रेस्टुरेन्ट पनि रहेछ । पैसा हुनेले रेस्टुरेन्टमा अर्डर दिएर खाना लिन सक्ने रहेछन् ।

आफ्नो खर्चमा जे मगाएर पनि खान पाइने सुविधा रहेछ । पललाई खानाको समस्या देखिएन । उनलाई बेलाबखत बहिनीले पनि लगिदिने गरेकी छन् । कहिलेकाहीं त्यहींभित्रको रेस्टुरेन्टमा पनि खाने गर्दा रहेछन् ।

खाना र बस्नमा कुनै गुनासो छैन भन्ने पलको कुरा छ । कारागारभित्रै साथीहरु पनि धेरै भएका छन् रे । हिरो भनेर सबैले माया पनि गर्छन् रे । दिनभरिमा भेट्न धेरै माया जाने रहेछन् । भेट्न जाने स्थानीय र फि’ल्मकर्मीको संख्या धेरै देखियो ।

पलले अहिले कपाल काटेका छन् । लामो कपाल पालेर भित्र बस्न न’पाइने रहेछ । जेल प्रशासनले नै कपाल काट्न लगाएको छ । कपाल काटेर पल केही दु;;ब्लो देखिए पनि तौल ठीक छ । शा’रीरिक’ अवस्था ठीक देखिएको छ ।

एक नृत्य निर्देशक पनि कारागारभित्र सँगै भएकाले उनीहरु साथी भएका छन् । उनीहरु मिलेका पनि छन् । ती नृ”त्य निर्देशकले गीतमा डान्स कम्पोज पनि गराइरहेका रहेछन् । बाहिर आएपछि त्यो गीतलाई सुटिङ गर्ने उनीहरुको योजना रहेछ ।

भित्रै टेबलटेनिस खेल्न पाइने रहेछ । वातावरण पनि राम्रो रहेछ । भेट्न जाने व्यक्तिहरुलाई पनि निर्वाध भेट्न दिइँदो रहेछ । मनिषा कोइरालाले लेखेको पछिल्लो पुस्तक ‘हिल्ड : हाउ क्यान्सर गिभ मी अ न्यु लाइफ’ पढ्दैछन् अहिले कारागारभित्रै पल ।

बिग्रिएको दिनचर्यालाई कसरी नियमित गर्ने भन्ने कुरा उनले गरे । जेलभन्दा पनि आफूलाई होस्टल बसेजस्तो महसुस भएको उनले बताए ।

बाहिर हुँदा बिहानदेखि रातिसम्म काम–काम भएको र त्यो कामलाई अहिले मिस गरिरहेको उनले बताए । भित्र टेलिभिजन हेर्न पाइने रहेछ । हाम्रा टीभी कार्यक्रम र समाचार हेर्दा रहेछन् । नाम टिपाएर र लाइनमा बसेर बिहान फोन गर्ने सुविधा दिइँदोरहेछ । – अनलाइनखबर

 

२०७९ बैशाख १९, सोमबार प्रकाशित 1 Minute 468 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?