
बझाङ : बझाङमा ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका युवक प्रहरीले सार्वजनिक गरेको छ। मदिरा सेवन गरी ५ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरी समक्ष स्वीकार छबिसपाथीभेरा गाउँपालिकाका युवकलाई प्रहरीले सार्वजनिक गरेको हो।
युवकले वैशाख १६ गते आफ्ना बुवासँग बिहे हेर्नका लागि मामा घर गएकी ती बालिकालाई आफूले बलात्कार गरेको प्रहरी सम क्ष स्वीकार गरेका हुन्।
पीडितका बुवासँगै बिहेभोजमा मदिरा सेवन गरेका युवकले बालिकालाई चाउचाउ किनिदिने लोभ देखाएर नजिकै रहेको आफ्नै गोठमा लगी बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयको अनुसन्धानबाट खुलेको छ।
घटनापछि फरार अभियुक्तलाई १९ गते साँझ थलारा गाउँपालि काबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बताए।
बलात्कृत बालिकामा शारीरिक र मानसिक समस्या आएपछि उनको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको उनले बताए।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।