
काठमाडौं / निर्देशक जौन योञ्जनको निर्देशनमा निर्माण हुन लागेको नयाँ चलचित्र आखाँमा कलाकार पशुपति राई अनुबन्धित भएकी छिन । गुरुकुल देखि रंगमंच यात्रा गरेकी राई भर्खरै नबिन सुब्बाको ‘गाउ आएको बाटो’ चलचित्रमा मुख्य कलाकार भइ काम गरेकी थिइ।
जिबन्त अभिनय गर्ने राई अभिनय क्षेत्रमा लागेको लगभग पचिस बिताको समयलाई सम्झिन्दै आफ्नो जिबनको एउटा अध्याय यहि अभिनय क्षेत्रमा बिताउन पाउदा आफुलाई भाग्य मानि ठानेको भन्नु हुन्छ । यस चलचित्र आखाँमा राई भिन्न भूमिका देखा पर्ने भएकी छिन । जिबनको भोगाईबाट आफुले पात्र बनाउने गरेको राई बताउछिन ।
जौन योञ्जनकै कथा रहेको फिल्मको पटकथा योन्जन आफैले तयार पारेका हुन् । योन्जनले यसअघि फिल्म ‘बाह्र सत्ताइस’ निर्देशन गरेका थिए र उनकै लेखन र निर्देशकमा बनेको फिल्म ‘म राजेश हमाल’ को सम्पादनमा रहेको छ ।
अलोक शुक्लाले खिच्ने फिल्ममा मुख्य सहायक निर्देशक सन्तोष मल्ल र सहायक निर्देशक ध्रुव कार्की रहेका छन भने कार्यकारी प्रोडक्सन हेड सुबाश सिंह ठकुरीले सम्हालेका छन ।
फिल्म वैशाख अन्तिमबाट फ्लोरमा जाने निर्माण टिमले जनाएको छ । लामा सिनेमास् को प्रस्तुति रहेको चलचित्रलाइ साइलेन्ट एक्ट र ढाका टोपी फिल्मले निर्माणमा सहकार्य गरेका छन । फिम ‘आँखा’ निम्नवर्गीय परिवारको सोसियल ड्रामामा आधारित कथा हो ।
धनी र गरिबबीचको खाडल र मानवताको पाटोलाई दर्शाउने गरी बिभिन्न पात्रको आखाबाट चलचित्रलाइ देखाउन खोजेको निर्माण टिमले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।