२०७९ जेष्ठ ९ सोमबार

म्यादी हुँ भन्दै सामाजिक संजालमा अपचशब्द बोल्ने युवक पक्राउ- (भिडिओ)

काठमाडौँ — दुई दिनदेखि फेसबुक र टिकटक मा एक जना युवक भाइरल छन् । म्यादी प्रहरी को पोशाकमा उत्तेजक भिडि यो बनाएर ती युवक फेसबुक, टिकटक, युट्युब सबैतिर छाएका छन् ।

सेल्फी भिडियोमा उनले आफू म्यादी प्रहरी उनकै भाषामा मिदी प्रहरी भएको बताएका छन् । भिडियोमा ती युवकले भने,,का छन्, ‘सागर, वसन्ते, किस्ने सबहरू नडरा न हो ।

तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के खाना मन छ बाटोमै खा न हो बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे। लड्न मन लागे लड । कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मिदी ।

माँ कसम निखिल उप्रेती मेरो नाम नेपालभरि चिन्छ । इन्स्पे क्टर त डराउँछ । नेपालको कानुन डराउँछन् ।’ प्रहरीका अनु सार म्यादीको पोशा कमा भिडियो बनाएर भाइरल हुने युवक म्यादी प्रहरी होइनन् ।

ती भाइरल हुने युवक कपिलवस्तु बाणगंगा नगरपालिका– ४ का १६ वर्षीय नवराज रेग्मी हुन् । प्रहरी प्रवक्ता एसएसपी वि  ष्णु केसीका अनुसार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले उनलाई मंगलबार नै पक्राउ गरिसकेको छ ।

रेग्मीले आफ्ना फुपूका छोरा पुरण भट्टराईको म्यादी प्रहरीको पोशाक लगाएर भिडियो बनाए को खुलेको एसएसपी केसीले बताए । ‘रेग्मीले आफ्ना दाइ फुपूका छोरा पुरणको म्यादीको पोशाक लगाएको खुलेको छ ।

रेम्मी म्यादी प्रहरी नभए पनि पुरण घरमा नभएको बेला उनले पोशाक लगाएको खुलेको छ,’ एसएसपी केसीले भने ।

प्रहरीले पुरणसँग समेत पोशाकबारेमा सोधपुछ गरेको छ । तर, पुरणले आफू घरमा नभएका बेला पोशाक लगाएर दुरुपयोग गरेको प्रहरीलाई बताएका छन् ।

२०७९ बैशाख २१, बुधबार प्रकाशित 0 Minutes 11567 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार