२०७९ असार १७ शुक्रबार

प्रेमीसँग बन्जीजम्प गर्न गएकी युवती डोरी नबाँधी हाम्फालेपछि…

बन्जीजम्प गर्न गएकी एक युवतीको असावधानीका कारण मृत्यु भएको छ । कोलम्बियामा बन्जीजम्प गर्न गएकी युवतीले डोरी नै नबाँधी हाम्फालेपछि उनको मृत्यु भएको हो ।

प्रेमी तत्कालै उनी भएको ठाउँमा पुगे र सीपीआर दिने कोसिस गरे तर त्यतिबेलासम्म उनको मृत्युडेलीमेलको रिपोर्टअनुसार २५ वर्षकी येसेनिया मोरालेस गोमेजको बन्जीजम्प को क्रममा मृत्यु भएको हो ।

कोलम्बियाको एन्टिओक्विया प्रान्तको अमागामा येसेनिया आफ्ना प्रेमीको साथमा बन्जी जम्पको तयारी गर्दै थिइन् ।

यही क्रममा प्रशिक्षकको एक इशाराबाट भ्रमित भएर उनी तल खसेकी हुन् ।उनी करिब १५० फिट तल खसिन् ।

उनका प्रेमी तत्कालै उनी भएको ठाउँमा पुगे र सीपीआर दिने कोसिस गरे तर त्यतिबेलासम्म उनको मृत्यु भइसकेको थियो ।युवतीको मृत्यु खसेका कारण भएको भने देखिएन ।

मेडिकल रिपोर्टमा उनको मृत्यु हृदयाघातका कारणघटनास्थल पुगेका अमागाका उद्धार कर्मीहरुले आफूहरु त्यहाँ पुग्दा युवती को मृत्यु भइसकेको बताए । यद्यपि भएको थियो ।

हा-म्फालेपछि उनलाई हावामै हृदयाघात भएर मृत्यु भएको अनुमान गरिएको छ ।हा-म्फाले पछि जब उनलाई आफू बन्जी कर्डसँग नजोडिए को महसुस भयो त्यसपछि आत्तिएर उनलाई हृदयाघात भएको हुन सक्छ ।

खासमा बन्जी जम्पको लाइनमा उनका प्रेमी उनीभन्दा अगाडि दिए । उनका प्रेमीलाई बन्जी कर्डसँग राम्ररी जोडिएपछि प्रशि क्षकले हाम्फाल्ने संकेत गरे ।

संकेत उनका प्रेमीको लागि थियो तर युवतीले संकेत आफ्नै लागि हो भन्ने ठानिन् र हा-म्फालिन् । तर त्यति बेलासम्म उनको खुट्टामा बन्जीको डोरी बाँधिएकै थिएन । एजेन्सी

२०७९ बैशाख २१, बुधबार प्रकाशित 1 Minute 2041 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?