२०७९ जेष्ठ २ सोमबार

महानगरमा रोजगारी बैंक बनाउँछौँ : रेनु दाहाल

भरतपुर। भरतपुर महानगरको मेयर उम्मेदवार रेनु दाहालले महानगरमा रोजगारी बैंक स्थापना गरिने बताउनुभएको छ । ५ दलिय गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले महानगर क्षेत्रमै सबैलाई रोजगारी पाउने वातावरण बनाउन लागिपर्ने बताउनुभयो ।

उहाँले स्वदेशी तथा विदेशी लगानी भित्रयाउन लागिपर्ने बताउनुभयो । महानगरमा लगानीमैत्री वातावरण बनाइने बताउनुभयो । दाहालले पुरा हुन नसक्ने आश्वासनहरु नदिइने बताउनुभयो । “जे बोल्छौँ, त्यहि पुरा गर्छौं”, उहाँले भन्नुभयो, “ठुला आश्वासनका पोकाहरु बाड्दैनौँ ।”\

उहाँले ५ वर्ष महानगरमा विकास लहर ल्याएको बताउदै अधुरा केहि महत्त्वपूर्ण योजनाहरुलाई पूर्णता दिने बताउनुभयो । उहाँले साझा जनप्रतिनिधिका रुपमा रहेर काम गर्ने बताउनुभयो ।

यो समचार पनि पढ्नुहोस् ! कपिलवस्तु । म्यादी प्रहरीको पोशाक लगाएर भाइरल भिडियो बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन् । कपिलवस्तु घर भएका उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

सेल्फी भिडियोमा उनले आफू म्यादी प्रहरी भएको भन्दै भिडियोमा ती युवकले भनेका छन्, ‘सागर, वसन्ते, किस्ने सबहरू नडरा न हो । तेरो दाई मिदी भइसकेको छ ।’

प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीका अनुसार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले उनलाई मंगलबार नियन्त्रणमा लिएको छ । नियन्त्रणमा रहेका रेग्मीलाई सोधुपुछ गर्ने क्रममा उनी म्यादी नै नभएको खुलेको हो । राजधानि दैनिममा खबर छ । रेग्मीले आफ्ना फुपूका छोरा पुरण भट्टराईको म्यादी प्रहरीको पोशाक लगाएर भिडियो बनाएको खुलेको एसएसपी केसीले बताए ।

‘रेम्मी म्यादी प्रहरी नभए पनि पुरण घरमा नभएको बेला उनले पोशाक लगाएको खुलेको छ,’ एसएसपी केसीले भने । प्रहरीले पुरणसँग समेत पोशाक’दयगतमा सोधपुछ गरेको छ ।

तर, पुरणले आफू घरमा नभएका बेला पोशाक लगाएर दुरुपयोग गरेको प्रहरीलाई बताएका छन् । सार्वजनिक अपराध र अभद्र व्यवहार गरेको कसुरमा उनीहरुविरुद्ध मुद्द चलाइने प्रहरीले जनाएको छ ।

२०७९ बैशाख २२, बिहीबार प्रकाशित 0 Minutes 264 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार