२०७९ जेष्ठ ३ मंगलवार

सशस्त्र प्रहरीकाे रिक्त एआईजी पदमा गाैतमकाे चर्चा

केहिदिन अघिमात्र सशस्त्र प्रहरी बलमा डीआईजीबाट एआईजी बढुवा सिफारीस भएको छ । हाल सशस्त्रमा रिक्त दुई एआईजी पदमा एक जनाको मात्र बढुवा सिफारीस हुँदा शक्तिकेन्द्र धाउन नसक्ने प्रहरी अफिसरहरु पछाडी परेका छन । यध्यपी सशस्त्रमा वरियतामा अघि रहेका डीआईजी नारायणदत्त पौडेल एआईजीमा बढुवा सिफारीस भएका हुन् ।

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी र अर्का एआईजी रामशरण पौडेलले आइतबार अवकास पाएका थिए । केसीको ठाउंमा एआईजीमा बढुवा भएका राजु अर्याललाई सरकारले सशस्त्र प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । साेहि ठाउमा रिक्त रहेकाे काेटामा बढुवाका लागि चार जना डिआईजीले आवेदन दिएका थिए । गृहमन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले पौडेललाई मात्र एआईजीमा बढुवा सिफारीस गरेको स्रोतको दावी छ ।

बुढुवाकालागी डीआईजी पौडेलसहित चन्द्रप्रकाश गौतम,वंशी दाहाल र किशोर प्रधानले एआईजी बढुवाका लागि आवेदन दिएका थिए । अर्याल र पौडेलको रिक्त एआईजी पदमा त्यसै दिन सूचना प्रकाशित गरिएको थियो । अर्यालसंगै एआईजीको दावेदार पौडेललाई एकल बढुवा गर्न उनको मात्र बढुवा गरियाे भने शक्ति केन्द्र धाउन नसकेका तर कार्यक्षमता कार्यसम्पादनमा अब्बल मानिने चन्द्र प्रकाश गाैतम भने सिफारिसमा पर्न सकेनन् तर अर्को पदमा केही दिनमा बढुवा गर्ने तयारी छ ।

नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको दबावमा गृहमन्त्रालयले पौडेललाई सिनियर बनाउन उनको मात्र बढुवा सिफारीस गर्न लगाएको स्रोतको दावी छ । रिक्त अर्को एआईजी पदमा गौतम र दाहाल र प्रधानमध्ये एक जना बढुवा हुनेछन् । तर दहाल र प्रधान भन्दा गाैतम सिनियर अफिसर हुन् ।

सशस्त्रमा अर्को एक एआईजी पद रिक्त हुंदा हुंदै अरु प्रतिस्पर्धीको बढुवा नगर्नुलाई धेरैले सकरात्मक रुपमा लिएका छैनन् । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले समेत त्यसमा अडान लिन नसकेको भन्दै उनको आलोचना सुरु भएको छ । साे निर्णय भएसगै हालका महानिरिक्षक राजू अर्यालकाे कार्य क्षमतामै संगठन भित्र प्रस्न उठन थालेकाे एक प्रहरी अधिकारी ले बताएका छन् ।

२०७९ बैशाख २३, शुक्रबार प्रकाशित 0 Minutes 173 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार