२०७९ जेष्ठ ९ सोमबार

मन परे पनि, नपरे पनि कांग्रेसलाई भोट दिनुस् : महामन्त्री थापा

रौतहट/ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय सरकार बलियो बनाउन कांग्रेसलाई भोट दिनुपर्ने बताएका छन्। शुक्रबार नेता थापाले रौतहटको सन्तपुरमा आयोजित चुनावी सभामा बोल्दै मतदातासँग नेता डराउनुपर्ने बताए।

उनले वैशाख ३० गतेको निवार्चनका लागि मन परे पनि, मन नपरे पनि कसैको मुख नहेरी रुख हेरेर मत दिनुपर्ने बताएका छन्। महामन्त्री थापाले अबको ५ वर्षसम्म कांग्रेस नेपाली जनताको साथै रहन चाहेको बताए।

जितेर पाँच वर्षसम्म के-के काम गर्‍यौं भनेर मतदाताले हिसाब किताब माग्ने हुदा मतदातासँग नेता डराउनुपर्ने उनको तर्क थियो। ‘कांग्रेसले जितेर जिम्मेवारी पूरा गर्‍यो भने फेरि मत माग्न आउँला गर्न सकेनौं भने अर्को चुनावमा मत माग्न आउँदैनौं,’ उनले भने।

यो समचार पनि पढ्नुहोस् ! काठमाडौँ / सरकारले हालै नियुक्त गरेको प्रहरी प्रमुखको विवाद अदालत पुगेको समय सशस्त्र प्रहरी वलमा भएको एआईजी बढुवा प्रकरण पनि विवादमा परेको छ । आईतबार मात्रै सरकारले नारायण दत्तलाई डिआईजीबाट एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

तर, रिक्त रहेका दुई एआईजी पदमा किन एकजनाको मात्र बढुवा सिफारिस गरियो भन्ने विवाद संगठनमा शुरु भएको स्रोतले बताएको छ ।
बुझ्नमा आए अनुसार वंशी दाहाल, चन्द्रप्रकाश गौतम र किशोर प्रधान डिआईजीबाट एआईजीमा बढुवा हुने रोलक्रममा थिए । तर, बुधबार गृहमन्त्रालयमा बसेको बैठकले काग्रेस उपसभापति पूर्ण बहादुर खड्काको दबावमा आफ्ना मान्छे मात्रै बढुवा सिफारिस गरेको भन्दै संगठन भित्र चरम असन्तुष्टी चुलिदएको स्रोतको दाबी छ ।

बिशेषत् सशस्त्र वल सीमा सुरक्षा र भिआईपीहरुको सुरक्षार्थ खटिने गरेकाछन् । र, मधेश प्रदेशमा रहदा होस् या संगठन भित्रको कार्यसम्पादनका हिसावले डिआईजी चन्द्रप्रकाश गौतम एआईजी हुने अग्रपंत्तीमा थिए । तर, गृहमा बसेको बैठकले कार्यसम्पादन, संगठानिक आधारलाई भन्दा पनि आफ्ना मान्छेलाई रोजेको गुनासो डिआईजीहरु रहेको बताईन्छ ।

तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी र अर्का एआईजी रामशरण पौडेलले आईतबार मात्रै अवकास पाएका छन् । र, सरकारले गृहको सिफारिसमा महानिरीक्षकमा राजु अर्याल र पौडेलको स्थानमा नारायण दत्तलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ ।

रिक्त रहेको २ एआईजीमा बढुवा हुन ४ जनौ डिआईजीहरुले आवेदन पनि दएिका थिए । तर, पछि महानिरीक्षकमा लैजान सहज हुने हेतुले स्थानियतहको निर्वाचनको मुखैमा एकजना मात्रै एआईजीका रुपमा अघि सारिएको स्रोतको दा”बी छ ।

स्रोत भन्छन् “उपसभापति खड्काको दबावमा सिनियर बनाउंन एकजनाको मात्रै नाम एआईजीमा बढुवा सिफारिस गरिएको, कार्यसम्पादन मूल्याङ्कन आधारमा उत्कृष्ट रहेकोहरुलाई पाखा लगाईनुलाई सशस्त्र प्रहरी संगठन भित्र सकरात्मक रुपमा हेरिएको छैन् ।”

२०७९ बैशाख २३, शुक्रबार प्रकाशित 1 Minute 308 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार