
काठमाडौं । सत्तारुढ गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गरेको चुनावी सभामा बोलेपछि कलाकार सन्दीप क्षेत्री विवादमा मुछिएका छन् । उक्त सभामा क्षेत्रीले गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहाललाई शुभकामना दिएका थिए । क्षेत्रीको उक्त चुनावी सभा सम्बोधन यतिबेला विवादमा तानिएको छ ।
तटस्थ बस्नुपर्ने कलाकारले भोट माग्दै हिंडेको भन्दै सामाजिक सञ्जालमा उनको टीभी कार्यक्रम बहिष्कार गर्नेसम्मको विरोध सुरु भएको छ ।ट्वीटर र फेसबुकमा क्षेत्रीको भरतपुर भाषणलाई लिएर मिश्रित प्रतिक्रिया व्यक्त भइरहेको छ । कतिपयले शुभकामना दिन पाउनु कलाकारको धर्म भएको बताइरहेका छन् भने कतिपयले क्षेत्रीले राजनीतिक तटस्थता अपनाउन नसकेको उल्लेख गरेका छन् ।
तर अभिनेता तथा टीभी प्रस्तोता क्षेत्रीले आफ्नो भरतपुर भाषणलाई ‘राजनीतिक प्रपोगान्डा’ बनाउनु उचित नभएको बताए । रेनु दाहाललाई शुभकामना दिन र सचेत तुल्याउन मात्र आफू सभामा पुगेको उनले बताए । ‘म भोट माग्न गएको होइन । शुभकामना र सचेत तुल्याउन मात्र गएको हुँ,’ उनले भने, ‘शुभकामना दिनु र सचेत बनाउनु कलाकारको धर्म हो । केपी ओलीको सभामा पुगेर पनि शुभकामना दिन त पाइन्छ ।’ ‘रेनु दाहाललाई शुभकामना दिनु अरुलाई अशुभ भन्नु होइन ।
यसलाई राजनीतिक प्रपोगान्डा बनाउनु जरुरी छैन,’ उनले भने । आफू ब्रान्ड एम्बेसडर रहेको एक कन्सलटेन्सीको उद्घाटनमा भरतपुर पुगेको र आयोजकको अनुरोधपछि आफू शुभकामना दिन मात्र सभामा पुगेको सन्दीपले बताए ।
टीभी कार्यक्रम बहिष्कार गर्ने कतिपयको चेतावनीतर्फ लक्षित गर्दै उनले भने, ‘मैले त्यस्तो ठूलो के अपराध नै गरेको छु र ? आज विरोध गर्नेले भोलि मनमा राख्नुहुन्छ ।’
यो समचार पनि पढ्नुहोस् ! काठमाडौं । सत्तारुढ गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गरेको चुनावी सभामा बोलेपछि कलाकार सन्दीप क्षेत्री विवादमा मुछिएका छन् । उक्त सभामा क्षेत्रीले गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहाललाई शुभकामना दिएका थिए । क्षेत्रीको उक्त चुनावी सभा सम्बोधन यतिबेला विवादमा तानिएको छ ।
तटस्थ बस्नुपर्ने कलाकारले भोट माग्दै हिंडेको भन्दै सामाजिक सञ्जालमा उनको टीभी कार्यक्रम बहिष्कार गर्नेसम्मको विरोध सुरु भएको छ ।
ट्वीटर र फेसबुकमा क्षेत्रीको भरतपुर भाषणलाई लिएर मिश्रित प्रतिक्रिया व्यक्त भइरहेको छ । कतिपयले शुभकामना दिन पाउनु कलाकारको धर्म भएको बताइरहेका छन् भने कतिपयले क्षेत्रीले राजनीतिक तटस्थता अपनाउन नसकेको उल्लेख गरेका छन् ।
तर अभिनेता तथा टीभी प्रस्तोता क्षेत्रीले आफ्नो भरतपुर भाषणलाई ‘राजनीतिक प्रपोगान्डा’ बनाउनु उचित नभएको बताए । रेनु दाहाललाई शुभकामना दिन र सचेत तुल्याउन मात्र आफू सभामा पुगेको उनले बताए ।
‘म भोट माग्न गएको होइन । शुभकामना र सचेत तुल्याउन मात्र गएको हुँ,’ उनले भने, ‘शुभकामना दिनु र सचेत बनाउनु कलाकारको धर्म हो । केपी ओलीको सभामा पुगेर पनि शुभकामना दिन त पाइन्छ ।’ ‘रेनु दाहाललाई शुभकामना दिनु अरुलाई अशुभ भन्नु होइन ।
यसलाई राजनीतिक प्रपोगान्डा बनाउनु जरुरी छैन,’ उनले भने । आफू ब्रान्ड एम्बेसडर रहेको एक कन्सलटेन्सीको उद्घाटनमा भरतपुर पुगेको र आयोजकको अनुरोधपछि आफू शुभकामना दिन मात्र सभामा पुगेको सन्दीपले बताए ।
टीभी कार्यक्रम बहिष्कार गर्ने कतिपयको चे”ता’व’नीतर्फ लक्षित गर्दै उनले भने, ‘मैले त्यस्तो ठूलो के अपराध नै गरेको छु र ? आज विरोध गर्नेले भोलि मनमा राख्नुहुन्छ ।’
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।