२०७९ जेष्ठ ९ सोमबार

सुनसरी बाट आयो एकदमै दु:खद खबर गठबन्धन सरकारलाई पर्यो फसाद।

काठमाडौं । नेपाली कांग्रेसबाट टिकट नपाएपछि बागी उठेका सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष उम्मेदवार गणेशबहादुर पौडेल रुखमा झु’न्डिएको अवस्थामा मृ’त फेला परेका छन् ।

नेपाली कांग्रेसबाट टिकट नदिएपछि बागी उठेका पौडेल आज बिहान मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्या लय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले घर नजिकैको रुख मा झु’न्डिरहेको अवस्थामा फेला परेको बताए । उनले मृतक पौडेलले आ’त्मह’त्या गरेको हुन सक्ने दाबी गरे ।

यता मृतककी श्रीमती विमला पौडेलले भने उम्मेदवारी फिर्ता लिन बारम्बार ध’म्की आउने गरेको र त्यसैको कारण यस्तो घटना घटेको बताइन् ।

नेपाली कांग्रेसबाट उक्त वडामा वडाध्यक्ष उठेका आधिकारिक उम्मेदवार अनिश कार्कीका खास मान्छे विनोद भुजेलले उम्मेद वारी फिर्ता लिन बारम्बार ध’म्की दिने गरेको मृ’तक पौडेलको परिवारका सदस्यहरुको बताउँछन् । मेगा बैंक इनरुवाको सेक्यु रिटी गार्डको काम गर्ने भुजेलले बागी उम्मेदवार पौडेललाई चुना व छाड नत्र जे पनि हुन सक्छ भनेर बारम्बार ध’म्की दिने गरेको परिवारका सदस्यहरुको भनाइ छ ।

भुजेलको लेमन होटलमा आउने भारतीय समूहसँग साँठगाँठ रहेको र पौडेललाई अ’प’ह’र’ण गरी भारत पु¥र्याएर छाडिएको मृतकका परिवारका सदस्यहरु बताउँछन् ।

‘बैशाख २१ गते एकछिन इनरुवा जान्छु भनेर हिँडेको र भोलिपल्टसम्म नआएपछि अपहरणमा परेको भन्दै प्रहरीमा रिपोर्ट गरेका हौं ।

अ’प’ह’रण गरेर भारत पुर्‍याई छाडेको रहेछ । त्यहाँबाट फिर्ता आएपछि झु’म्काबट दिउँसो १ बजेतिर जिल्ला प्रहरी कार्यालय सुनसरीमा बयानका लागि भनेको भन्दै प्रहरीले लगेको हो ।

प्रहरीले के बयान लियो थाहा छैन ।’, मृतककी श्रीमती पौडेलले भनिन् । बयान दिएर घरमा आएपछि अब यो ठाउँमा बस्न उचि त छैन भन्दै भुजेललगायतको नाम लिएको परिवारको भनाइ छ । प्रहरीले पनि यातना दिएको उनीहरूको आरोप छ ।

यता सुनसरी प्रहरी प्रमुख थापा भने परिवारले गरेको रिपोर्टका आधारमा पौडेललाई बोलाएको सोधपुछ गरेको दाबी गर्छन् । ‘परिवारले अ’प’ह’रण’का परेको भनेर निवेदन दिएपछि बोला एर सोधपुछ गरेर छाडिएको हो । अरु केही भएको छैन ।’, उनले भने ।

भुजेलले काम गर्ने ठाउँमा लेमन होटल रहेको र उक्त होटल    मा आउने भारतीयमुलका आ’प’रा’धिक व्यक्तिहरूसँग मिलेर भुजेल र वडाध्यक्षका उम्मेदवारका केटाहरू मिलेर अ’प’हर’ण गरेको परिवारका सदस्यहरूको आरोप छ ।

यो विषय प्रहरीसँगको मिलेमतोमा सुनसरीका कांग्रेस नेताहरूले ढाकछोप गर्न खोजिरहेको परिवारका सदस्यहरुको दाबी छ । रिपोर्ट्सनेपाल बाट

२०७९ बैशाख २४, शनिबार प्रकाशित 0 Minutes 10752 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार