२०७९ जेष्ठ ९ सोमबार

माओवादी र कांग्रेस कार्यकर्ताबीच झ”डप, दुई प्रहरीसहित दश जना घा”इते

रुकुम पश्चिम – रुकुम पश्चिमको चौरजहारी र आठबिसकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झ ड प भएको छ । झ ड पमा दुई जना प्रहरीस हित दश जना घा”इते भएका छन् ।

अस्थायी प्रहरी पोष्ट स्यालाखदीका अनुसार आठबिसकोट न गरपालिका–३ खदीमा दुई पक्षबीच भएको झ ग डा मिलाउने क्रममा दुई जना प्रहरी जवान बुद्धबहादुर थापा र चक्रबहादुर रोकाया घा इते हुनुभएको छ ।

यस्तै माओवादी केन्द्र र कांग्रेसका गरी वडाअध्यक्षका उम्मेदवा रसहित पाँच जना घाइते भएका छन् । माओवादी केन्द्रका वडा अध्यक्षको उम्मेदवार केशरमान विक तथा कार्यकर्ता तुलबहादुर विक र सन्तोष विक घाइते हुनुभएको हो ।

त्यसैगरी नेपाली कांग्रेसका आठबिसकोट–३ का सीता बोहरा र डिल्लीराज बोहरा घाइते हुनुभएको छ । त्यसैगरी चौरजहारीमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झ ड प भएको छ ।

चौरजहारी नगरपालिका–१ घारीगाउँमा दुई पक्षबीच भएको झ प ड मा कांग्रेसका वडा सभापतिसहित तीन जना घाइते भएका छन् । वडा सभापति यज्ञश विष्ट, तरुण दल चौरजहारीका अध्य क्ष त्रिलोचन गिरी र कांग्रेस कार्यकर्ता मनबहादुर विक घाइते हुनु भएको हो ।

विष्ट र विकलाई थप उपचारको लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

यो पनि ,,काठमाडौं, २२ वैशाख (कांग्रेस महामन्त्री गगन था पाले उम्मेदवार र दललाई जवाफदेहिता बना उनुपर्ने बताएका छन् । काठमाडौंमा बिहीबार क्रियाशील कार्यकर्ता भेलालाई स म्बोधन गर्दै उनले दलहरू र तिनका नेताहरू जवाफदेही हुनुपर्ने बताएका हुन् । २०७४ सालमा भएको स्थानीय तह निर्वाचन बाट

काठमाडौं महानगरपालिकाको जिम्मा पाएको एमालेले के के गरेको जवाफ खोज्नुपर्ने उनको भनाइ छ । ‘२०७४ सालको चुनावबाट काठमाडौं महानगरको जिम्मा एमालेले पायो,’ उनले भने, ‘यो पाँँच वर्षमा एमालेले के के ग¥यो रु यसको जवाफ माग्नुपर्छ र एमालेले दिनुपर्छ ।’

कांग्रेसबाट महानगर मेयरको उम्मेदवार बनेकी सृजना सिंहले वि’जयी भएपछि अर्को चुनावमा कांग्रेसले यो यो ग¥यो भनेर जवाफ दिनुपर्ने बताए । दलहरूलाई जवाफदेही बनाउने गरी नागरिकलाई बुझाउन कार्यकर्तालाई निर्देशन दिएका महामन्त्री थापाले निर्वाचनका लागि सक्रिय भएर लाग्न आ”ग्रह गरे ।

आफ्ना उम्मेदवार जिताउन मतदातालाई आग्रह गर्न उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिए । आफ्नो आवेग र असन्तुष्टि लाई बिर्सेर कां’ग्रेस उम्मेदवारलाई नि’र्वाचित गराउने गरी काम गर्न उनले आग्रह गरे ।

२०७९ बैशाख २४, शनिबार प्रकाशित 1 Minute 8222 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार