
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीको गठबन्धनले चुनाव जिते देशमा राजनीतिक दुर्घटना हुने बताएका छन्।
आफूले यसबारे बोल्दा मतदाता धम्क्याएको भन्दै आलोचना गर्ने गरेको उनको गुनासो छ।लोकतन्त्र र संघीयता विरोधीला ई परास्त गर्न यो गठबन्धन जन्मेको हो, अर्को राजावादीको गठबन्धन आएको छ,’
पोखरामा आज सत्तागठबन्धनले गरेको चुनावी सभामा उनले भने, ‘उनीहरुले जिते देशमा राजनीतिक दुर्घ,,टनाको ख,,तरा छ।’संविधानको रक्षा, गणतन्त्र र संघीयता पक्षधर भएकाले गठबन्धनको राजनीतिक मुद्दा पनि मिलेको प्रचण्डको दाबी छ।
राजावादी शक्ति परास्त गर्न नसके देशमा राजनीतिक दु,र्घटना हुने कुरा बताउँदा आफूलाई मतदाता धम्क्याएको आरोप आए को उनले बताए।
‘मैले यो कुरा गर्दा जनता धम्क्या,,यो, हामीले नजिते देशमा दु,र्घटना हुन्छ भनेर अर्थ लगाइए को छ,’ उनले भने, ‘फेरि भन्न चाहन्छु, यो गठबन्धन दायाँबायाँ भयो भने देश
राजनीतिक दु,र्घटनामा जान सक्छ।’स्थानीय निर्वाचन अग्रगमन र प्रतिमनबीचको लडाइँ भएको उनले बताए।
‘निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँको रुपमा आएको छ, हामी शान्ति, परिवर्तन र संविधानका पक्षधर एकातिर र उल्ट्याउन चाहने सामन्ति प्रतिक्रियावादी तत्व अर्कोतिर छ,’ उनले भने।
गठबन्धन गर्दा सबै दललाई फाइदा पुगेको समेत प्रचण्डले बताए।
‘५० प्रतिशत कांग्रेसले पाएको छ, कांग्रेसलाई पनि फाइदा, माओवादी, समाजवादी र जसपालाई पनि फाइदा,’ उनले भने, ‘एकातिर मुद्दा मिल्ने, अर्कोतिर फाइदा।’
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।