२०७९ जेष्ठ ९ सोमबार

काठमाण्डौबाट अचम्मको गिरोह पक्राउ

काठमाण्डौका विभिन्न स्थानबाट मोबाइल, क्यामरा र ल्या पटप चोरिको गुनासो बढेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले सञ्चालन गरेको अपरेशन इको डेल्टाका कारण २६ थान

मोबाइल, दुई थान क्यामरा र एक थान ल्यापटपसहित दुई ज  ना समातिएका छन् ।   सोही क्रममा बालाजु नजिकैको पुरानो गुह्येश्वरीबाट ती सामानसहित दुई जनालाई हिजो साँझ पक्रेको बताइएको छ ।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका ४, पुरानोगुह्येश्वरी घर भएका वर्ष ३० का सूर्य पुतुवार र धादिङको गंगाजमुना गा उँपालिका ३ घर भई हाल उक्त नगरपालिकाको सानोपुल बस्ने वर्ष १८ को मनोज थापा हुन् ।

उनीहरुबाट एचपी कम्पनीको ल्यापटप एक थान, क्यामेरा दुई थान र विभिन्न कम्पनी र मोडलका मोबाइल २६ थान बरामद भएको बताइन्छ ।

उनीहरुलाई आज काठमाण्डौ जिल्ला अदालतबाट ५ दिनको म्याद थपको अनुमति लिइ प्रहरी वृत्त बालाजुबाट थप अनुस न्धान भइरहेको जनाइएको छ ।

साथै प्रहरीले ती सामाग्रीहरु सम्बन्धित व्यक्तिलाई आवश्यक कागजात र प्रमाणसहित सम्पर्क राख्न अनुरोध गरेको छ ।

२०७९ बैशाख २५, आईतवार प्रकाशित 0 Minutes 269 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार