२०७९ जेष्ठ ३ मंगलवार

विवाह मण्डपबाटै झापामा बेहुला प’क्राउ

दाइजोमा मोटरसाइकल माग्ने बेहुलालाई झापा प्रहरीले प”क्रा’उ गरेको छ। केटी पक्षलाई दबाब दिएर दाइजोमा मोटरसाइकल माग्ने झापा गाउँपालिका( ४ का २८ वर्षीय डेबिट चौधरीलाई प्रहरीले केटीको घरबाटै प’क्रा’उ गरेको हो।

मेचीनगर नगरपालिका १५ ज्यामिरगढी निवासी पुष्पलाल राजवंशीकी छोरीसँग विवाह गर्दा चौधरीले मोटरसाइकल दाइजो दिनुपर्ने भन्दै द”बा’ब दिएका थिए।

मोटरसाइकल नदिए उठेर हिँड्छु भन्दै चौधरीले मण्डपमै विवाद गरेपछि बेहुली पक्षले प्रहरीलाई खबर गरेका थिए। लगत्तै पुगेको प्रहरीले चौधरीलाई मण्डबाटै प’क्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

पाठकका अनुसार बिहीबार राति बेहुला जन्तीसहित बेहुलीको घर पुगेका थिए। शुक्रबार बिहान विवाह सम्पन्न भएपछि चौधरीले दाइजोमा मोटरसाइकल चाहिने भन्दै दबाब दिएका थिए।

‘बेहुलाले मोटरसाइकल नदिए बेहुली छाडेर हिँँड्छु भनेपछि केटीपक्षले प्रहरीलाई खबर गरे,’ डीएसपी पाठकले भने, ‘तत्कालै पुगेको प्रहरीले बेहुला चौधरीलाई मण्डबाटै पक्राउ गरेको हो। उनलाई हाल इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ।’चौधरीलाई विवाहमा लेनदेन गर्न नहुने सम्ब’न्धी कसुरमा मु’द्दा चलाउने तयारीले प्रहरीले गरेको छ।

२०७९ बैशाख २५, आईतवार प्रकाशित 1 Minute 518 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार