
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले चितवनमा नेपाली काँग्रेसका नेता अनिल परियारको हत्या घटना निर्वाचन सँग सम्बन्धित नभएको बताएका छन् ।
घटना व्यक्तिगत ‘रिसिइवी’का कारण भएको प्रहरीको प्रार म्भिक अनुसन्धानबाट खुलेको बताए । घटनाको अनुसन्धान हाम्रो टोली (प्रहरी) ले गरिरहेको छ ।
घटनाबारे विस्तृत विवरण आउन त अनुसन्धान सकिनुपर्छ । तर, व्यक्तिगत रिसिइवीले घटना भएको देखिन्छ । निर्वाचनसँग सम्बन्धित छैन’,प्रवक्ता केसीले भने ।
उनले घटनामा संलग्नको पहिचान भइसकेको पनि बताए । नियन्त्रणमा लिन भने बाँकी रहेको उनको भनाइ छ ।आइतबार साँझ करिब ७: ३० बजे भरतपुर–१२ निवासी परियारको भरत पुर–७ कृष्णपुरको फुटबल मैदान नजिक हत्या भएको थियो ।
घटनामा संलग्नलाई पहिचान गरेर नियन्त्रणमा लिन दबाब दिँदै युवाहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । परियारको शव चितवन मेडिकल कलेजमा राखिएको छ । -न्युज कारखाना
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।