२०७९ असार १४ मंगलवार

काठमाडौंको मेयरमा जित्ने सम्भावना सबैभन्दा बढी कसको ? चर्चित पत्रकार विजयकुमारले नामै भनिदिए

काठमाडौं । देशकै संघीय राजधानी काठमाडौंको मेयर को बन्ला भन्ने चासो देशभर छ । मुख्यतः तीन जना उम्मेदवार काठमाडौं महानगरको मेयरका लागि मुख्य प्रतिस्पर्धी देखिएका छन् । नेकपा एमालेबाट केशव स्थापित, गठबन्धनको तर्फबाट सिर्जना सिंह र स्वतन्त्र उम्मेदवार बालेन शाहबीच मुख्य चुनावी भिडन्त हुने देखिएको छ ।

चुनावी माहोल उत्कर्षमा पुग्दै गर्दा अरुबेला तटस्थ भूमिकामा रहने पत्रकारहरु पनि विस्तारै पक्षधरता देखाउन थालेका छन् । कसैले प्रत्यक्ष रुपमा त कसैले परोक्ष रुपमा सामाजिक सञ्जालमार्फत आफ्नो मत प्रकट गर्ने क्रम बढेको छ ।

यसै सिलसिलामा वरिष्ठ पत्रकार विजयकुमार पाण्डेले फेसबुक÷ट्विटरमार्फत काठमाडौं महानगरको चुनावी माहोलबारे आफ्नो विचार सार्वजनिक गरेका छन् । काठमाडौंमा कांग्रेस उम्मेदवार सिर्जना सिंहको पक्षमा माहोल बनेको उनको आँकलन छ ।

एक महिलाले सिर्जना सिंहलाई आशीर्वाद दिइरहेको तस्वीरसहित पाण्डेले लेखेका छन्, ‘पछिल्ला केही दिनमा सिर्जना सिंहले आफ्नो स्थिति निर्णायक रुपमा मजबुत बनाएको देखिन्छ ।’

पाण्डेले चुनावका फैसला अब मिडिया र सञ्जालबाट मतपेटिकामा पुगेको उल्लेख गरेका छन् । स्वतन्त्र उम्मेदवार बालेनको पक्षमा सामाजिक सञ्जालमा देखिएको समर्थनलाई लक्षित गर्दै उनले नेपालमा मिडिया वा सोसल मिडिया र मतपेटिकाबीच ठूलै खाडल हुनसक्ने पनि टिप्पणी गरेका छन् ।

 

यो समचार पनि पढ्नुहोस् ! काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य एवं नायिका रेखा थापाले नेपाली जनता कसैको धम्कीसँग नडराउने बताएकी छन्। छोरी नजिताए देश दुर्घटनामा पर्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र आफ्नो पार्टीका नेता नजिताए बजेट नदिने कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाको अभिव्यक्तिमा आपत्ति जनाउँदै थापाले शीर्ष नेताहरुको दादागिरीलाई जनताले जवाफ दिने बताइन्।

‘माओवादी अध्यक्ष प्रचण्डले मेरी छोरी जितिनन् भने देशमा संकट आउँछ भने। उहाँको छोरीमात्रै छोरी, देशका लाखौ दिदीबहिनी छोरी होइनन्?’ शनिबार पोखरामा राप्रपाको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा नेतृ थापाले प्रश्न गरिन्, ‘आफ्नो छोरी बुहारी र परिवारको लागि राजनीति गर्ने मान्छेलाई नेपाली जनताले पाखा लगाउनुपर्ने बेला आएको छ।’

देशभरीका लाखौ छोरीहरुको सवालमा, देशका दाजुभाइको सवालमा नेपाल बेरोजगार उत्पादन गर्ने कारखाना बन्यो भनेर आफूहरुको मनमा चिन्ता परेको उल्लेख गर्दै थापाले तर शीर्ष नेता भनाउँदाहरु आफ्नो श्रीमतीको लागि छोरीको चिन्तामा सीमित भएको बताइन्। ‘मेरो छोरीले, बुहारीले र पार्टीले जितेन भने बजेट रोक्छु भनेर धम्क्याउँछन्। मेरो पार्टीका नेताले यो ठाउँमा जितेनन् भने बजेट पठाउँदैनौं भन्छन्। कतिसम्मको दादागिरी हो यो? अब पनि नेपाली जनताहरु बन्दी बनिरहने? अब जनता सचेत भइसकेका छन्,’ उनले भनिन्।

थापाले देश बिगार्नमा शेरबहादुर, प्रचण्ड र केपीकोमात्र होइन तिनका पछाडि लाग्ने कार्यकर्ताको पनि हात रहेको बताइन्। ‘देश बनाउन र राष्ट्रिय जोगाउन सही पार्टीलाई ल्याउनुपर्छ। यो सबै कुराको लेखाजोखा स्थानीय तह चुनावबाट गर्नुपर्छ। राष्ट्रियता धर्म संस्कृति रक्ष जोगाउने जिम्मा नेपाली जनतामा आइपुगेको छ। नेपाली जनता सधै रैती हुन सक्दैन,’ उनले भनिन्।

रोजगारी दिने, महिलाहरुको सुरक्षा दिने एजेण्डा लिएर राप्रपा आएको भन्दै थापाले एकपल्ट सेवा दिने मौका दिन आग्रह गरिन् । अर्कोपल्ट भोट माग्न नआउनेगरी काम गर्ने प्रतिबद्धता थियो।

‘देश बनाउन तीनै तहमा राप्रपालाई जिताउ। शिक्षासहित सबै क्षेत्रमा हामी अब्बल काम गर्छौं। त्योभन्दा पहिला राष्ट्रियता पहिचान कायम गर्छौं। नेपाल हिन्दु राष्ट्र बनाउने अभियानमा लाग्छौं,’ उनले भनिन्।

 

२०७९ बैशाख २६, सोमबार प्रकाशित 1 Minute 1638 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?